करोडौं ठगेर पोखराकी देबी बेपत्ता

अर्जुन गिरी
पोखरा, १९ भदौ /चाउथे बस्दै आएकी देवीकुमारी भुजेल करोडौं रुपैयाँ रकम ठगेर परिवारसहित भागेकी छन् । व्यवसायी, आफ्न्त र छिमेकी सगँ विभिन्न वाहानामा रकम उठाएर देवीकुमारी पति र ३ सन्तानसहित भागेकी हुन् ।

स्याङजा भाटखोला घर भई हाल चाउथे बस्ने ४२ वर्षीय देवी जग्गाको कारोबार गर्थिन् । उनका पनि लक्ष्मण थापा भारतीय सेनाका पेन्सनर हुन् । चाउथेमा घरजग्गा अनि गाडी देखाएर धेरैजनालाई फसाएर उनीहरु भाग्न सफल भएको प्रहरीले जनाएको छ आजको समाधान दैनिकमा अर्जुन गिरीले समाचार लेखेका छन् ।

पति भारतीय सेनामा रहेकै बेला देवीले धेरैसँग पैसाको लेनदेन गरेर मन जितेकी थिइन् । देवी र उनका पतिले साथीभाइ, आफ्न्त र छिमेकीको रकम ठगेको उजुरी प्रहरीमा परेको छ । देवीले ५५ जना भन्दा धेरैलाई ठगेको हुनुपर्ने देविकै गरे किनेर बसेकी शोभा लम्साले बनाइन् ।

घर किने पछि पनि आफुबाट १० लखा थप लगेको र सो रकम ठगिएको उनले बताइन् । भदौ १४ गते देखी उनीहरु घरमा नआएको उनले बताइन् । उनले दिनुहँ हुलका हुल मान्छे देवी सगँ पैसा लिनु थियो भन्दै घर आउने गरेको शोभाले बताइन् । उनले करोडौं ठगेर भागेको हुन सक्ने बताइन् ।

कमेन्टहरु
Loading...