पोखरा प्रिमियर लिगमा ज्ञानेन्द्र मल्लको टिम काठमाडौं रोयल्सले धनगढीलाई १७ रनले हरायो

पोखरा, १० कात्तिक / पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) को शनिबार भएको दोस्रो खेलमा काठमाडौं रोयल्सले धनगढी ब्लुजलाई १७ रनले हराएको छ । टस जितेर ब्याटिङ रोजेको काठमाडौं रोयल्सले १८० रन बनाउदै १८१ रनको लक्ष्य दिएको थियो । काठमाडौं रोयल्सले दिएको लक्ष्य पछ्याउने क्रममा धनगढी २० ओभरमा १६३ रनमा समेटियो ।

काठमाडौं रोयल्सका गौरव तोमार ‘प्लेयर अफ द म्याच’ बन्न सफल भए । उनले खेलमा सर्वाधिक ९५ रन बताएका थिए । टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धा्रित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो । तेस्रो ब्याटिङ गर्न आएका गौरवले ४४ बलमा ९५ रन बनाए ।

उनले ४ चौका र १० छक्का प्रहार गरेका थिए । गौरव र नरेश बुढाएरले ९६ रनको साझेदारी गरे । नरेशले २४ बलमा २ चौका र २ छक्कासहित ३६ रन बनाए । काठमाडौंका लागि ओपनिङ्गमा अमित श्रेष्ठले २१ बलमा १२ रन र जयकिशन कोल्सावालाले ३० बलमा २५ रन बनाउदै राम्रो शुरूवात गरेका थिए । उनले गौरवसँग दोस्रो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए । धनगढीका लागि पिटर ट्रेगो, दीपेन्द्र सिंह ऐरी र सागर ढकालले समान १ १ विकेट लिए ।

धनगढीको लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५४ रनको अर्धसतकिय इनिङ्स खेलेपनि टिमलाई जिताउन भने सकेनन । उनले ४२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे भने सन्दीप जोराले २७ रन बनाए । ११ बल खेलेका जोराले ३ छक्का र १ चौका प्रहार गरे । सौरभ खनाल १४ बलमा १७ रनमात्र बनाउन सके । पिटर डेभिड ट्रेगोले १९ रन बनाए ।

सन्दीप सुनार ११, ड्यानियल लरेन्स ८ रनमा आउट भए । मन्जित श्रेष्ठ ४ रनमा आउट भए । सन्तोस भट्ट ७ रनमा नटआउट रहे ।काठमाडौंका सुसन भारी, अमरसिंह राउटेला र बसन्त रेग्मीले समान २ विकेट लिए । नन्दन यादव र गौरव तोमरले समान १ विकेट लिए । आइतबारको पहिलो खेल बिराटनगर टाइटन र एक्सोट धनगढी र दोस्रो खेल पोखरा पल्टन र बुटवल बाल्टर बिच हुनेछ ।

कमेन्टहरु
Loading...