काठमाण्डौँ–पोखरा रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली पोखरा आउँने

पोखरा, २३ मंसिर /केरुङ–काठमाण्डौँ रेलमार्गबारे छलफल गर्न नेपाल आएको चिनियाँ टोलीले काठमाडौँ–पोखरा रेलमार्गको मोटामोटी अध्ययन गर्ने भएको छ । काठमाण्डौँ–पोखरा रेलमार्गको अध्ययनको लागि टोली पोखरा आउन लागेको छ । काठमाण्डौँमा वार्ता सकिए लगत्तै टोली पोखरा आउन लागेको हो ।

रेलमार्गबारे अध्ययनका लागि आइतबार साँझ चाइना रेलवेज कन्स्ट्रक्सन कर्पोरेसनका उपप्रशासक ना लुसेनको नेतृत्वमा १५ सदस्यीय टोली काठमाडौँ आउँदैछ । सो चिनियाँ टोली र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारी नेतृत्वको नेपाली टोलीबीच भोलि (२४ मंसिर) मन्त्रालयमा वार्ता हुँदैछ ।

यसैगरी सो टोलीले मंगलबार भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठसँग वार्ता गर्ने कार्यक्रम छ । काठमाडौँ आउन लागेको चिनियाँ टोलीको मुख्य उद्देश्य लेक पाइकु–काडमाडौँ रेलमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) निर्माणबारे छलफल हो ।

‘लेक पाइकु–काठमाडौँ रेलमार्गको अन्तिम बिन्दू टोखा हो’ रेलवे विभाग स्रोतले भन्यो, ‘वार्ताको क्रममा सो टोली टोखाको स्थलगत अध्ययनमा पनि जाने कार्यक्रम छ ।’ तिब्बतसँग नेपाललाई जोड्ने गरी मात्र होइन, काठमाडौँ–पोखरा रेलमार्गमा पनि चिनियाँ चासो छ । र, यो टोली पोखरा पनि आउने कार्यक्रम रहेको स्रोतले बतायो ।

तेस्रो काहूँ धरहरा महोत्सव मंसिर २८ देखी पुस ८ गते सम्म
तेस्रो काहूँ धरहरा महोत्सव मंसिर २८ देखी पुस ८ गते सम्म

काठमाण्डौँ–पोखरा १७१ किमी लामो विद्युतीय रेलमार्ग निर्माण सम्बन्धमा चीनको सरकारी कम्पनी ‘चाइना सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड’ यस अघि नै सम्भाव्यता अध्ययन गरिसकेको छ । यो रेलमार्ग काठमाडौँको टोखाबाट सुरु भई गल्छी–कुरिन्टार–आँबुखैरेनी–डुम्रे–दमौली–दुलगौँडा लेखनाथ हुँदै पोखरासम्म पुग्नेछ ।

कमेन्टहरु
Loading...