पोखरा स्पोर्टस् अवार्डमा लाइफ टाइम एचिभमेन्टबाट कृष्ण थापा सम्मानित

सागर राज तिमिल्सिना
पोखरा, १ जेठ/नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा ‘पोखरा स्पोर्टस् अवार्डको उत्कृष्ट वर्ष खेलाडी महिला तर्फ भलिबल खेलाडी मञ्जु गुरुङ र पुरुष तर्फ फुटबलका हेमन्त गुरुङले जितेका छन् ।

पोखरा स्पोर्टस् अवार्डमा लाइफ टाइम एचिभमेन्टबाट कृष्ण थापा सम्मानित
पोखरा स्पोर्टस् अवार्डमा लाइफ टाइम एचिभमेन्टबाट कृष्ण थापा सम्मानित

लाइफ टाइम एचिभमेन्टबाट वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापा सम्मानित भएका छन । उत्कृष्ट प्रशिक्षकमा सुरेन्द्र गुरुङ (कराँते) ले उपाधि जितेका छन् । नवप्रतिभा बान खेलाडीमा भलिवलकी शसि चौधरी घोषित भइन् । मनोनयमा परेका ३ मध्ये उत्कृष्टको छनौटको लागि ३ सदस्यीय प्रतिभा छनौट समिति गठित भएको थियो ।

वर्ष खेलाडीलाई २५ हजार रुपैयाँ तथा उत्कृष्ट प्रशिक्षक एवं नवप्रतिभा खेलाडीलाई जनही १० हजारसहित सम्मान गरीएको छ । वर्ष खेलाडीमा उत्कृष्ट पुरुष तथा महिलालाई सामसङ मोवाइल दिईएको छ ।

पोखरामा पहिलो पटक आयोजित अवार्ड समारोहमा प्रमुख अतिथि रापेप सदस्य सचिव केशवकुमार बिष्ट, मंचका का.वा.अध्यक्ष एवं कार्यक्रम संयोजक सन्देश श्रेष्ठ लगायतले पुरस्कार वितरण गरे ।

कमेन्टहरु
Loading...