तराकारीमा विषादी न्युनिकरणका लागि कृषकलाई तालिम

पोखरा, १९ जेठ/तराकारीमा रासायनीक विषादी न्युनिकरण गर्नका लागि पोखरामा कृषकलाई तालिम प्रदान गरिएको छ । कारितास नेपालको आयोजनामा पोखराका दुईवटा वडाका कृषकलाई प्रयोगात्मक रुपमा तालिम दिएको हो । गत माघबाट शुरु भएको तालिम शनिबार सम्पन्न भएको हो ।

लहर कृषकलाई विऊ दिएर लहरे बाली लगाउदा देखी तरकारी फले सम्म लाग्ने रोग किरा र त्यसको निदानका बारेमा प्रयोगात्मका तालिम दिएको कारितास नेपाल फिल्ड कार्यलयका प्रमुख शोभा आचार्यले जानकारी दिइन् । उनले कृषकहरुलाई कुन समयका कुन किरा लाग्छ र त्यसका लागि जैविक विषादी के हुन सक्छ भन्ने बारेमा जानकारी दिएको बताइन् । उनले जैविक विषादी कसरी बनाउने भन्ने बारेमा समेत सिप दिएको बताए ।

आईपिएम अभिमुखीकरण तालिम समापन कार्यक्रममा अमला विसाउनी पोखरा महानगर पालिका १६ र कोलपाटन आईपिएम अभिमुखिकरण कृषक समुह पोखरा महानगरपालिका १५ का किसानहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।

अमला विसाउनी आईपिएम कृषक पोखरा १६ सुमहमा सहभागीलाई प्रमाणपत्र दिदै पोखरा महानगरपालिका १६ का अध्यक्ष जिवन आचार्य, कारितास नेपाल फिल्ड कार्यलयका प्रमुख शोभा आचार्य बिषादी भएको तकारी सेवनबाट मानब स्वास्थ्यमा असर गर्ने बताउदै बेलमै सचेत हुनु पर्ने बताए ।

त्यसै गरी कृषि सञ्जालका अध्यक्ष सुभाश अधिकारी, कृषि सञ्जालका पूर्व अध्यक्ष जित बहादुर बस्नेत, कारितास नेपाल फिल्ड कार्यालयका आईपिएम प्राविधिक अधिकृत हिममाया भण्डारी लगाएतले सिकेका कुरा आगामी दिनमा समेत व्यवहारमा ल्यानु पर्ने बताए । कार्यक्रमको प्रतिबेदन लक्ष्मी श्रेष्ठले प्रस्तुत गरेकी थिइन् भने कार्यक्रमको अध्यक्षता लक्ष्मी पौडेल र संचालन पार्वती बस्नेतले गरेकी दिइन् ।

त्यसै पोखरा १५ को समापन कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष प्रकाश पौडेल, मेरील्याड किड्स मन्टेश्वरीका प्रिन्सिपल सिता तिमिल्सिना, कारितास नेपाल क्षेत्रीय कार्यालय तालिम केन्द्रका प्रमुख दुर्गा लामा, कारितास नेपाल फिल्ड कार्यालका आईपिएम प्राविधिक अधिकृत हिममाया भण्डारी, मुक्तिनाथ पौडेल, बविता गुरुङ लगायतले शुभकामना दिएका थिए ।

तालिमको प्रतिबेदन शुसिला बानियाले प्रस्तुत गरेकी थिइन भने कार्यक्रमको अध्यक्षता अम्बादेवि पराजुलीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन सुनिता खड्काले गरेकी थिइन् । कार्यक्रममा बढ्दो रासयनिक विषादीको प्रयोगले मानब स्वास्थ्यमा नकारात्मक असर परेको भन्दै सबै बलैमा सचेन हुनुपर्ने बताएका थिए ।

कमेन्टहरु
Loading...