किरण स्मृति सेभेन–ए साईड फुटबलको उपाधि एलजी एशोसियसनलाई

पोखरा २४, भदौ/पोखराको एल.जी.एशोसियसनले प्रथम किरण खड्का स्मृति सेभेन–ए साईड फुटवल प्रतियोगिता २०७४ को उपाधि जितेको छ । पोखराको अम्मरसिंहचोक स्थित अमरसिंह माविको खेल मैदानमा खचाखच दर्शकहरु माझ शनिबार भएको फाईनल खेलमा एल.जी.एशोसियसनले मसिना एफ.सी.लाई २–१ को गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो ।

एल.जी.को जितमा प्रदिप गुरुङ र अजित गुरुङले एक ÷एक गोलको योगदान दिए । विजेता टिमले उपाधि सहित एक लाख २५ हजार पुरस्कार हात पारेको छ । उपविजेता भएको मसिना एफ.सी.ले ७५ हजार साथमा ट्रफी मेडल र प्रमाण–पत्र प्राप्त गरेको हो । मसिना एफ.सी.को तर्फबाट त्रिदेव गुरुङले एक गोल गरेका हुन । प्रतियोगितामा उत्कृष्ट खेलाडी मसिना एफ.सी.का त्रिदेव गुरुङ घोषित भए । त्यसै गरी प्रतियोगितामा उत्कृष्ट डिफेण्डरमा एल.जी.का रमेश मगर, उत्कृष्ट मिड फिल्डमा मसिना एफ.सी.का मिस्चल तुलाचन, उत्कृष्ट स्टाइकरमा एल.जीका अजित गुरुङ, उत्कृष्ट गोलरक्षकमा एल.जी.का राम बहादुर कार्की र उत्कृष्ट कोचमा एल.जीकै ओम गुरुङ घोषित भए ।

प्रतियोगितामा सेमिफाईनल र फाईनलमा ६ गोल गरेका एल.जी. एशोसियसनका अजित गुरुङले सर्वाधिक गोलकर्ताको उपाधि हात पारे। प्रतियोगितामा गलेश्वर एफ.सी. अनुसाशित टिम घोषित भएको क्लवका सदस्य सुवास गुरुङले बताए । विभिन्न विधाका खेलाडी तथा प्रशिक्षक एवं टिमलाई जनहि ५÷५ हजारको साथमा ट्रफी वितरण गरिएको उनले जनाए ।

विजयी खेलाडीहरुको टोलीलाई पश्चिमाञ्चल क्षेत्रिय फुटवल संघका अध्यक्ष खेम बहादुर गुरुङ, क्लवका आजिवन संरक्षक एवं समाजसेवि टिका बहादुर कार्की, पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष राम बहादुर कार्की, क्लवका अध्यक्ष सन्तोस गुरुङ, सचिव पुर्ण गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए । यही भदौ १७ गते देखि पोखरामा संचालन भएकोे प्रतियोगितामा ४३ समुहको सहभागिता रहेको खेल संयोजक नर प्रसाद गुरुङले बताए । क्लवका अध्यक्ष सन्तोस गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यस अघि शनिबार विहान भएको पहिलो सेमिफाईनल खेलमा एल.जी.एशोसियसले संगम एफ.सी. माथि १–० ले जित दर्ता गरी फाईनलमा यात्रा बनाएको हो । एल.जी.को जितमा निर्णाय एक गोल गरेका दिरेन गुरुङ म्यान अफ दी म्याच समेत घोषित भए । दोश्रो खेलमा मसिना एफ.सी.ले गलेश्वर एफ.सीलाई २–१ को गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रबेस गरेको थियो । मसिनाको जितमा म्यान अफ दी म्याच घोषित त्रिदेव गुरुङले २ गोल गरेका हुन । गलेश्वरका अनन्त दुराले एक गोल गरे ।

कमेन्टहरु
Loading...