ओली सरकार धरापमा, एमाओवादीले नयाँ सरकार गठन गर्ने

काठमाडौ, २२ वैशाख /एमालेका अध्यक्ष केपी ओली नेतृत्वको वर्तमान सरकार धरापमा परेको छ। प्रमुख सत्ता साझेदार एकीकृत नेकपा माओवादीले सरकारको काम कारवाहीप्रति असन्तुष्टी दर्शाउँदै वर्तमान सरकारको विकल्प खोज्ने स्पष्ट परेको छ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले एक विज्ञप्ति जारी गर्दै आफ्नै दलको नेतृत्वमा नेपाली कांग्रेसको सहमतिमा नयाँ सरकार गठन गर्ने प्रारम्भिक उद्घोष गरेका छन्।

ुप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन गरी कार्यभार पूरा गर्न प्रस्तावसहित सहमति जनाएकोु दाहालको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा अहिला सत्ता साझेदार दल नेकपा एमाले, राप्रपा नेपाल र जनअधिकार फोरम ९लोकतान्त्रिक० लाई नयाँ सरकार निर्माणमा सघाउन आग्रह गरिएको छ।

कमेन्टहरु
Loading...