हैदरावादमा स्वीच थिेचे पछि नेपालमा ८० मेगावाट विद्युत थपियो

पोखरा, ८ फागुन /भारतले शनिबारदेखि मुज्जफर ढल्केबर प्रसारण लाइनबाट ८० मेगावाट विद्युत नेपाललाई दिएको छ।

 प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदी
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदी

शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले त्यसको संयुक्त उद्घाटन गरेका छन्।

दुबै प्रधानमन्त्रीले हैदराबाद हाउसमा बिजुलीको स्विच अन गरेर उद्घाटन गरेपछि नेपालमा बिजुली आउने उर्जा मन्त्रालयले जनाएको छ ।

अहिले सो प्रसारण लाइनमा १५ मेगावाट विद्युत परीक्षणको रुपमा आइरहेको छ। भारतबाट ८० मेगावाट विद्युत आयात भए दुई घन्टा लोडसेडिङ घट्ने सरकारले बताएको छ।

कमेन्टहरु
Loading...