एकता फुटाउन खोज्ने प्रबृति बढ्दै गएको छ – प्रधानमन्त्री ओली

पोखरा, १८ जेठ /प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा नकारात्मक प्रवृति बढ्दै गएको भन्दै दुःख व्यक्ति गरेका छन् । पोखरामा नेपाल स्काउटको राष्ट्रिय रोभर मुट (युवा सम्मेलन) उद्घाटन गर्दै उनले राम्रो कुराको पनि विरोध गर्ने, जेको पनि विरोध गर्ने प्रबृति बढ्दै गएको बताए ।

उनले नेकपा पार्टी भित्र देखीको दुई अध्यक्षको द्धन्दलाई इगित गर्दै एकता हुन नदिने, एकता गरेकालाई पनि फुटाउन खोज्ने फाटो बढाउने प्रबृति बढ्दै गएको बताए । उनले राष्ट्रिय भावना भन्दा, क्षेत्रिय, जातीय वा अनेक प्रकारका संकिण भावनाहरु बढ्दै गएको उनको भनाई छ ।

उनले अन्य देशहरु जेल नै नचाहिने अवस्थामा पुगेको बताउदै नेपालामा पनि जनताले संविधान अनुरुप नै कानुन पालना गरुनु भन्ने आफुले चाहेको बताए । उनले एउटा देश एउटा राष्ट्र एउटा देशको एउटा सरकार हुन आवश्यक रहेको बताए ।

उनले समृत नेपाल सुखि नेपालीको नारालाई पुरा गर्न योग्य, सक्षम, स्वथ्य, अनुसाशित र जिम्मेवार नागरिक आवश्कय परेको बताए । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत विक, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ लगाएतले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए ।

पोखरामा शुक्रबार देखि संचालन भएको प्रथम राष्ट्रिय रोभर मुटमा १४ देशका करिब ४ हजार ५ सय युवाहरुको सहभागिता रहेको छ । नेपाल स्काउटको आयोजनामा पोखराको केदारेश्व र कोमागाने पार्क टेण्ट टागेर युवाहरु बसेका छन् । १६ देखि २५ बर्षसम्म उमेर समुहका युवाहरुले केही नयाँ ज्ञान, सिप सिक्नुका साथै विभिन्न साहासिक खेलमा सहभागि हुने कार्यक्रम संयोजक राधाकृष्ण धितालले जानकारी दिए ।

कमेन्टहरु
Loading...