कोराला नाका खोल्ने विषयमा गण्डकी प्रदेश र चिनिया प्रतिनिधिबीच छलफल

पोखरा, १९ साउन / चीनसंगको कोराला नाका खोल्ने विषयमा गण्डकी प्रदेशका प्रतिनिधि र चिनियाँ प्रतिनिधि मण्डलवीच आइतबार पोखरामा छलफल भएको छ । प्राध्यपाक वाइ ड्यूङ लिउको नेतृत्वमा रहेको चिनिया टोलीले कोराला नाका खोल्न संभावाना र प्रदेश सरकारको धारणाबारे भेटमा जिज्ञासा राखेका थिए ।

नाका खुलेपछि हुने आर्थिक र धार्मिक गतिविधि बृद्धिको संभावनाको बारेमा समेत टोलीले चासो राखेका थिए । जवाफमा प्रदेश प्रतिनिधि मण्डलका नेतृत्व गरेका भौतिक पुर्वाधार मन्त्री राम शरण बस्नेतले नाका खोल्न प्रदेश सरकार तत्पर रहेको र संघ सरकारलाई अनुरोध पठाई सकिएको जानकारी गराएका थिए ।

उनले नाका खोल्न सकिए व्यापरिक, धार्मिक र बहुपक्षीय रुपमा दुवै देशले फाइदा लिन सक्नेतर्फ चिनिया पक्षको ध्यानाकर्षण गराएका थिए । यो नाकामा बाटाको ट्रयाक बनिसकेको र भौगोलिक रुपमा काठमाडौ र लुम्विनीसंग नजिक रहेकोले यसले व्यापारिक र धार्मिक रुपमा फाइदा पुग्ने उनको भनाई थियो ।

चिनिया प्रतिनिधि मण्डल प्रमुख प्राध्यापक लिउले आफुहरु समेत कोराला नाका खोल्ने प्रक्रिया अगाडि बढाउन इच्छुक रहेको र नेपाली पक्षले सहमत भएमा चाडै विस्तृत संभाव्यता अध्ययन गर्ने बताएका थिए ।

छलफलमा प्रदेश निति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर गिरीधारी शर्मा पौडेलले यो नाकाबाट सवैभन्दा छोटो दुरीमा भारतीय नाकासंग समेत जोडिने भएकोले यसले त्रिदेशीय व्यापरिक गतिविधिलाई बढाउन मदत गर्ने बताएका थिए ।

मुस्ताङ जिल्लामा पर्ने कोराला नाका खुलाउन सकिए यो चिनसंगको व्यापार आदानप्रदानका लागि सहज हुने भन्दै गण्डकी प्रदेशले यो नाका खोल्न केन्द्र सरकारलाइ आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...