गायिका ओलीको क्रेज उस्तै, आज कन्दराले गाउने

पोखरा, २३ फागुन/ गायिका कोमल ओलीले राम्रो पोइको लागि कहिले झ्वाँक तन्देरीलाई आह्वान गरिन् त कहिले शिवजी गुहारिन् । तर, के मिलने कुन्नी ? उनी अझै अविवाहित छिन् । आइतबार उनी अविवाहित ओली पोखरामा झुल्किइन् । पोखरा उद्योग वाणिज्य संघले यहाँको नयाँबजारमा आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापार मेला– २०७२ मा आउँदा उनी ढाकाको कपडामा सजिएकी थिइन् ।

गायिका ओलीको क्रेज उस्तै, आज कन्दराले गाउने
गायिका ओलीको क्रेज उस्तै, आज कन्दराले गाउने

उनले पोखरेली सोल्टीहरुलाई आफ्नो अधर पिउन आग्रह मात्र गरिनन् भोली कुनै दिन ‘आइ लभ यु’ भन्ने आश्वासन पनि बाँडिन । उनले सुरुमै शीरमा सिरबन्दी भन्ने गीतमा दर्शकलाई नचाइन् । ‘तिमी सोल्टी म तिम्रो सोल्टिनी, जता सोल्टी उतै मन गुल्टिनी’ भन्दै उनले दर्शकमाझ पुगेर नै सबैलाई मनोरञ्जन प्रदान गरिन् । माया बस्यो मुटुमा, ‘हरि ओम हरि’ भन्ने जस्ता गीतमा उनलाई दर्शकले राम्रै साथ दिए । पानी परेपछि खुलेको पोखरामा राधिका हमाल लगायतका कलाकारले पनि दर्शक नचाए ।

यता आइतबार संघले राम्रो नृत्य गर्ने एक जना दर्शकलाई गृहलक्ष्मी ग्याँसको भरिएको सिलिल्डर नै उपहार दिइयो । साँस्कृतिक उपसमितिका संयोजक मोहनबाबु खड्काले विजेता पोखरा खाल्टेमसिनाका धर्म गुरुङलाई ग्याँस उपहार प्रदान गरे । प्रजापति पराजुली र गायिका कोमल ओलीको रोहवरमा ग्याँस पाएपछि उनले खुसी व्यक्त गरे । यता मेलाको तेस्रो दिन उत्कृष्ट नाच्नेहरुलाई ग्याँस सिलिण्डरसहित चामलको बोरा, चाउचाउ लगायतका उपहार पनि प्रदान गरिएको थियो । उपहार दिने क्रम आउँदा दिनमा पनि जारी रहने साँस्कृतिक उपसमिति संयोजक मोहनबाबु खड्काले जनाए ।

यता सोमबार मेलामा विभिन्न सात देशका साँस्कृतिक समूहद्धारा विशेष अन्तर्राष्ट्रिय साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ । पपतर्फ कन्दरा व्याण्डको लाइभ प्रस्तुति साथमा रवण व्याण्डको प्रस्तुति समेत रहने छ । हाँस्यतर्फ सविता गुरुङ, रतिमाया खड्काले दर्शकलाई हँसाउने छन् । लोकदोहोरीतर्फ नारायण रायमाझी, दुर्गा रायमाझी, चन्द्र शर्मा,प्रजापति पराजुली, जीवन दाहाल शिवहरि ढुंगाना, शंकर विरही गुरुङ, तारापति सुवेदी, प्रेमराज अधिकारी,टेक क्षेत्री लगायतका ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहने छ ।

वर्षाका कारण मेलामा केही असहजता उत्पन्न भए पनि अवलोकनकर्ताले देखाएको सहृदयताप्रति पोखरा उद्योग वाणिज्य संघले धन्यवाद ज्ञापन गरेको छ । संघका महासचिव तथा प्रचारप्रसार समिति संयोजक रवीन्द्रबहादुर प्रजुले मेलालाई सफल बनाउन सम्पूर्ण पोखरेलीहरुसँग आग्रह समेत गरे । यता मेला अन्तर्गत फागुन २२ गते प्रवेश टिकटमा दिइने कलर्स मोवाइल टिकट नम्बर २०४३ नम्बरको टिकटलाई प्राप्त भएको टिकट व्यवस्थापन उपसमिति संयोजक अमितराज मुल्मीले जनाए ।

फागुन २४ गते सोमबार शिवरात्री
आजका आकर्षण ः

विभिन्न सात देशका साँस्कृतिक समूहद्धारा विशेष अन्तर्राष्ट्रिय साँस्कृतिक कार्यक्रम

लोकदोहोरी तर्फ ःनारायण रायमाझी, दुर्गा रायमाझी, चन्द्र शर्मा,प्रजापति पराजुली, जीवन दाहाल शिवहरि ढुंगाना, शंकर विरही गुरुङ,तारापति सुवेदी, प्रेमराज अधिकारी,टेक क्षेत्री लगायतका ख्यातिप्राप्त कलाकारहरु ।
पपतर्फ ः कन्दरा व्याण्डको लाइभ प्रस्तुति साथमा रावण व्याण्ड र आकर्षक नृत्यहरु हाँस्यतर्फ ः सविता गुरुङ,रतिमाया खड्का
मिति ः२०७२ फागुन २२ गतेको प्रवेश टिकटमा गोला प्रथाद्धारा कलर्स मोवाइल विजेता टिकट नम्बर ः२०४३

कमेन्टहरु
Loading...