जीप दुर्घटना हुदाँ ११ जनाको मृत्यु

कैलाली, १८ फागुन /शुक्रबार साझँ दार्चुलामा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

दार्चुला सदरमुकाम खलंगाबाट दुहुँ गाउँपालिकाको हिकिला तर्फ जाँदै गरेको म १ ज २८० नम्बरको जीप राताकाठामा दुर्घटना भएको हो ।

दुर्घटनामा ७ महिला, ३ पुरुष, १ नाबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । उनीहरुको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा जीप चालक दीपक सिंह धामीको अवस्था गम्भीर छ । जीप सडकबाट करिब चार सय मिटर तल महाकाली नदी किनारमा खसेको छ ।

कमेन्टहरु
Loading...