कैलाश बैक ठगि प्रकरणमा ८ महिनाकी गर्भवति प्रहरी हिरासतमा रहेको भन्दै रिहाइको माग

पोखरा, ०३ असार /पोखरा लेखनाथ महानगरपालिका वडा नं.१९ लामाचौरकी गर्भवति रिगु आचार्य केसिलाई प्रहरीले हिरासतमा राखी अनुसन्धान गरिरहेको छ । तर, आठ महिनाकी गर्भवति रहेकी आचार्यलाई हिरासत मुक्त गर्न माग गर्दै अधिकारकर्मीहरुले माग राखेका छन् ।

कैलाश विकास बैकको लामाचौर शाखामा भएको भनिएको करोडौ रकम हिनामीनाको सम्बन्धमा अहिले प्रहरीले आचार्य लगायत बैकमा कार्यरत कर्मचारीहरुलाई हिरासतमा लिई अनुसन्धान गरिरहेको छ । तर, अनुसन्धानका नाममा हिरासतमा राखि गर्भवति महिलालाई मानविय सम्वेदनाको समेत ख्याल नगरी मानसिक यातना दिदाँ उनको स्वास्थ्य अवस्था दिनदिनै बिग्रदै गएको अधकारकर्मीहरुले बताएका छन् ।

लामाचौर स्थित जागृति आमा समुहद्धारा जारी विज्ञप्तीमा भनिएको छ, “अनुसन्धानका नाममा कैलाश बैकको उजुरीका आधारमा रिगु आचार्य केसिलाई प्रहरी हिरासतमा राख्ने, मानसिक यातना दिने र आठ महिने गर्भवतिलाई मानविय सम्वेदनालाई समेत ख्याल नगरी असहज वातावरण बनाउने, पोखरा देखी बुटवल सम्म बयान लिने नाममा पटक पटक सडक बाटो प्रयोग गरि लैजाने ल्याउने गर्दा आमा र बच्चा दुवैको अवस्था कमजोर बन्दै गएको छ ।” विज्ञप्प्तमिा थप भनिएको छ, यस्तो कार्य प्रति गम्भिर आपत्ति प्रकट गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउदछौ ।

उक्त कैलाश बैक प्रकरणका सम्बन्धमा सम्बन्धित बैकका अधिकारीहरु नै जिम्मेवार रहने उल्लेख गर्दै उनिहरुले आचार्यको सिघ्र रिहाईको माग गरेका छन् । बैकको लामाचौर शाखाका तत्कालिन प्रमुख रविचन्द्र खनालले उक्त घट्नाका बारे भने सामाजिक संजाल मार्फत आफु जिम्मेवार भएको स्विकारेका थिए ।

कमेन्टहरु
Loading...