खोलामा बेपत्ता दुई मध्ये एकको मृत भेटिए, सव तान्दा प्रहरी जवान खोलामा डुबे

पोखरा, २७ असार /पोखरा लेखनाथ महानगरपालिका १८ चखंपुरमा फेवाताल किनारामा डुबेर बेपत्ता भएका मध्ये एक जनाको मृत भेटिएका छन् । नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले मंगलबार विहान खोजी गर्दा एक जनाको सव भेटिएको हो ।

एक जना भने अझै बेपत्ता छन् । मृतको सव तान्ने क्रममा नेपाल प्रहरीका एक जवान खोलामा डुबे पछि तत्कालै उद्धार गरिएको छ । उनको पोखरा गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ ।
माछा मार्न गएका पोखरा ३ नदिपुरका दुई युवा फेवातालमा आउने हर्पन खोला र खहरे खोलाको पानीमा बेपत्ता बनेका थिए ।

ललित पुन र इन्द्र पुन बेपत्ता भएका थिए । अर्को एक जनाको पनि खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । बेपत्ताको गोता खोरका साहेताले खोजी भइरहेको हो ।

कमेन्टहरु
Loading...