खहरे टोल विकास संस्थाको अध्यक्षमा पहारी

पोखरा, १७ फागुन/पोखरा ६ बैदाम स्थित खहरे टोल विकास संस्थाको चौथो अधिवेशनले खिमलाल पहारीको अध्यक्षतामा ११ सदस्य नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

सोमवार सम्पन्न अधिवेशनले उपाध्यक्षमा गणेशराज पहारी, सचिवमा शिवराज अधिकारी र कोषाध्यक्षमा निर्मल पहारीलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।

यसै गरि सकार्य समितिको सदस्यमा कविराज पहारी, अशोक पराजुली,शशिप्रभा कोइराला, भागिरथी थापा, लता पहारी, टेकनाथ पौडेल र शोभा जलारी सर्वसम्मतर रुपमा चयन भएका छन् ।

अधिवेशनमा पोखरा विश्वविद्यालयमा हालै भएको दिक्षान्त समारोहमा एमबिएमा डिनलिष्टमा परेर पुरस्कृत भएकी लक्ष्मी थापालाई सम्मान गरिएको नवनिर्वाचित अध्यक्ष गणेशराज पहारीले बताए ।

कमेन्टहरु
Loading...