पोखरा २३ ठुलाखेतको खहरे खोलामा पुल बन्ने, सोमबार सिलन्यास

पोखरा, २२ बैशाख /पोखरा महानगरपालिका वडा नम्बर २३ खहरेखोलामा मोटररेवल पुल निमार्ण हुने भएको छ । पोखरा २३ र २४ जोड्ने गरी पुल निर्माण हुन लागेको हो ।

९० मिटर लम्बाई र ७ मिटर २० सेन्टिमिटर चौडाईको पुल बन्ने लागेको पोखरा महानगरपालिका वडा नम्बर २३ का अध्यक्ष विष्णुप्रसाद पराजुलीले जानकारी दिए ।

६ करोड ५० लाखको लागतमा बन्न लागेको पुल दुई वर्षमा सम्पन्न हुने छ । बक्स कल्भट प्रविधिमा निर्माण हुने पुलमा १४ वटा डिब्बा हुने छन् ।

पुलको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बैशाख २३ गते शिलन्यास गर्ने कार्यक्रम रहेको गण्डकी प्रदेशका सांसद राजीब पहारीले जानकारी दिए ।

कमेन्टहरु
Loading...