उम्मेदवारका आकांक्षीलाई प्रस्तावक र समर्थक राख्दै पौडेलले गरे उम्मेदवारी दर्ता

पोखरा, २१ कार्तिक / कास्की क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट उम्मेदवार खेमराज पौडेलले उम्मेदवारी दर्ता गरेका छन् ।

कांग्रेसबाट उम्मेदावारका आकाक्षी रहेका शोभियतबहादुर अधिकारी र देवराज चालिसेलाई प्रस्तावक र समर्थक राख्दै पौडेलले बिहीबार मध्यान्ह मुख्य निर्वाचन अधिकृतका कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।

उम्मेदवारी दर्तापछि पौडेले जनतालाई रिझाउन सक्ने उम्मेदवारलाई नै निर्वाचनमा जनताले विजयी बनाउने बताए । ‘जितको आधार भनेको जनता हो जनतालाई आकर्षित गर्ने हो भने जित सुनिश्चित हुन्छ’, उनले भने ।

उनले कांग्रेस एक ढिक्का भएर चुनावमा जाने भएका कारण जित सुनिश्चित रहेको उनको दावी थियो ।

कमेन्टहरु
Loading...