खेलमा विवाद हुदाँ कुटपिट गर्ने ६ जना पक्राउ

पोखरा, ५ कात्तिक/कास्की माछापुच्छे गाउँपालिका बडा १ स्थित हिमाली आधारभुत विद्यालयको खेल मैदानमा आयोजना भएको रम्जा र मिर्सा

गाउका खेलाडि बिच मैत्रिपुर्ण खेल खेलिरहदा सामान्य बिवाद भएपछि कुटपिटमा संलग्ना ५ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

मैत्रिपुर्ण खेल समाप्त पश्चात सोही साझँ पुरानो खेल खेल्दाको बिवादलाई लिई मादक पदार्थ सेवन गरी मिर्सा गाउका युवाहरु रुम्जा गाउँका मानिसहरु माथी लाठी प्रहार गरेका थिए ।

प्रहारबाट रुम्जा गाउँकी चन्द्र कुमारी पुन, धन बहादुर मगर, आनन्द कुमार पुन, सुजन पुन सख्त घाईते भएको कास्कीका प्रहरी प्रवक्ता रविन्द्र गुरुङले जानकारी दिए ।

कुटपिटमा संलग्नलाई प्रहरी चौकी सार्दिखोलाबाट गएको टोलीले कुटपिट गर्ने जिल्ला कास्की माछापुच्छे गाउँपालिका १ मिर्सा गाउँ बस्ने बर्ष ३० को खजना गुरुङलाई नियन्त्रणमा लिएको छ ।

घटनाको बारेमा थप अनुसन्धानको कास्कीका प्रहरी प्रमुख ओम बहादुर रानाको कमाण्डमा खटिएको प्रहरी टोलिले घटनास्थल, पिडितका अभिभावक तथा शंकित ब्यक्तिको पहिचान समेत गरी घटनामा संग्लन प्रहरीको नियन्त्रणमा लिएको छ । खजना गुरुङलाई कार्यालय ल्याई थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । घटना संग्लन अन्य ५ फरार ब्यक्तिहरुलाई सादा पोशाखमा खटिएको प्रहरी निरीक्षक गणेश सुवेदी टोलिले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा

१ जिल्ला कास्की माछापुच्छे गाउपालिका बडा नं १ मिर्सा बस्ने बर्ष २० को विधान गुरुङ ।

२ जिल्ला कास्की माछापुच्छे गाउपालिका बडा नं १ मिर्सा बस्ने बर्ष २४ को दले गुरुङ ।

३ जिल्ला कास्की माछापुच्छे गाउपालिका बडा नं १ मिर्सा बस्ने बर्ष २५ को लक्ष्मण गुरुङ ।

४ जिल्ला कास्की माछापुच्छे गाउपालिका बडा नं १ मिर्सा बस्ने बर्ष २२ को उमेश गुरुङ ।

५ जिल्ला कास्की माछापुच्छे गाउपालिका बडा नं १ मिर्सा बस्ने बर्ष ३० को हिमाल गुरुङ रहेका छन् ।

कमेन्टहरु
Loading...