स्वास्थ्यमा सुधार पछि होचा खगेन्द्र डिस्चार्ज भए

पोखरा, ३ फागुन/गिनिज बुक अफ दी वल्र्डमा ८ महिना आफनो नाम लेखाउन सफल भएका हाल नेपालका होचा खगेन्द्र थापा मगर स्वास्थ्यमा क्रमीक सुधारसंगै आज (आईतबार) डिस्चार्ज भएका छन । चिकित्सकको निघ्रानिमा पाँच दिनको उपचार पछि स्वास्थ्यमा सुधार आए पनि उनलाई डिस्चार्ज दिएको हस्पिताल श्रोतले जनाएको छ ।
निमोनिया र झाडापखला लागेका कारण उपचार गर्न हस्पिटलमा पुगेका खगेन्द्रको स्वाथ्यमा क्रमिक सुधार भएका कारणले आइतबार डिस्चार्ज गरीएको उनको उपचारमा संलग्न डाक्टर होम प्रसाद न्यौपानेले बताए । खगेन्द्रसंग रोगसंग लड्ने क्षमता पनि कम भएकोले कारणले गर्दा हस्पिटलमा धेरै दिन राख्दा बाहिरि मानिसहरुको आमगनले रोग सर्ने जोखिम भएको ह्ुदा पनि आफुहरुले समयमै डिस्चार्ज गरेको उनले बताए ।

संक्रमण ईन्फेक्सन न्युनतम ४ हजार देखि १० हजारसम्म हुनु पर्नेमा उनको स्वास्थ्य रिपोर्टको आधारमा २३ हजार १ सय संक्रमण ईन्फेक्सन देखिएको भए पनि हाल ८ हजारमा झरेको छ । यस अघि देखि निरन्तर रुपमा फेवा सिटि हस्पिटल एवं डा. होमप्रसाद न्यौपानेले खगेन्द्रको स्वास्थ्य परिक्षाणमा निशुल्कः रुपमा परिक्षण गराउदै आएका छन ।

नेपालकै गहनाको रुपमा रहेका खगेन्द्रको बारेमा सरकारी निकायमबाट खासै चासो नपुगेको अबस्थामा निजी क्षेत्रबाट प्राप्त भएको उक्त सहयोग प्रतिष्ठानको लागि ठु्लो उपलब्धी पूर्ण भएको बताउदै खगेन्द्र थापा मगर प्रतिष्ठान नेपालका अध्यक्ष मिनबहादुुर रानाले आभार व्यक्त गरेका छन । २०६३ सालमा बागलुङको धुल्लुवासकोटबाट पोखराका मिनबहादुर रानाको पहलमा पोखरा आएका खगेन्द्र परिवार हाल पोखराको सृजनाचोक क्षेत्रमा भाडामा बस्दै आएका छन ।

कमेन्टहरु
Loading...