काँकडभिट्टाबाट पोखरा आउदै गरको बस दुर्घटना हुदाँ तीनको मृत्यु

चितवन, २ कात्तिक/ काँकडभिट्टाबाट पोखरा आउदै गरको बस चितवनको इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा शुक्रबार बिहान बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परि २३ जना घाइते भएका छन् ।

काँकडभिट्टाबाट पोखरा आउदै गरेको ना ५ ख ४३८३ नम्बरको बस जलवीरे पुलबाट झण्डै ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ ।

मृतक तीनजनाको सनाखत हुन सकेको छैन भने घाइतेमध्ये २ जनाको पुरानो मेडिकल कलेज र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटना बिहान २ बजे भएको थियो ।

कमेन्टहरु
Loading...