कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम गुरुङ दुर्घटनामा

पोखरा, ९ मंसिर / कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष याम गुरुङ आइतबार पाल्पामा दुर्घटनामा परेका छन् ।

आइतबार बिहान दुई जना भाई सहित पोखराबाट आफन्तलाई भेटन तानसेन जादै गर्दा दुर्घटनामा परेका हुन् । तान्सेन जाने क्रममा उनी तान्सेन स्थित डुम्रे भन्ने स्थानमा आफूले चलाएको बा १८ च १०९४ नं को कारमा दुर्घटना परेका हुन ।

विपरित दिशाबाट आएको मोटर साइकललाई जोगाउन खोज्दा कार रुखमा ठोक्किएर दुर्घटनामा परेको अध्यक्ष गुरुङले बताए ।

अहिले थप उपचारका लागि बुटबल स्थित लुम्बिनी अस्पतालमा उपचार भएको छ । उनको छातीमा चोट लागेको भए छ । उनी संगै रहेको दुई जना भाईहरु दिपक र दुर्गा गुरुङको पनि उपचार भइरहेको अध्यक्ष गुरुङले बताए ।

कमेन्टहरु
Loading...