कास्की दुईमा नेत्तृव लिन २५ जनाको उमेदवारी, ११ जना स्वतन्त्र

सागर राज तिमिल्सिना
पोखरा, २१ कात्तिक /तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि खाली रहेको कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको नेत्तृव लिन २५ जनाले उमेदवारी दिएका छन् ।

उमेदवारी दिनेमा ११ जनाले स्वतन्त्र उमेद्वार छन् भने १४ दलबाट प्रतिनिधित्व गर्दै उमेदवारी दिएका छन् । दलहरुले बाजाँ गाजाँ सहित जुलुस लिएर नाम दर्ता गर्न गएका थिए । कास्कीमा नेपका र नेपाली काग्रेस कै उमेद्वार बिच प्रमुख प्रतिस्पर्धा हुने देखीको छ ।

उपनिर्वाचमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन् । उनको उम्मेदवारीमा गण्डकी प्रदेश सभा सदस्य समेत रहेका नेकपा कास्की अध्यक्ष कृष्ण थापा प्रस्तावक र प्रदेश सभा सदस्य प्रभा कोइराला समर्थक छन् । पोखरा राष्ट्र बैंक चोकस्थित निर्वाचन अधिकृतको कार्यालयमा भट्टराईले समर्थक सहित पुगेर मनोनयन दर्ता गराएकी हुन् ।

नेकपाकी उम्मेदवार विद्या भट्टराई भन्दा अघि स्वतन्त्र उम्मेदवार कमलजंग कुँवरले मनोनयन दर्ता गराएका थिए । उनी संरक्षणकर्मी हुन् । उम्मेदवारी दर्तामा कुँवर पहिलो र विद्या दोस्रो भएकी छन् । उमेदवारी दर्तापछि नेकपाकी उम्मेदवार विद्या भट्टराईले विगत देखी नेकपाले जितेको ठाँउ भएकाले आफ्नो जित सुनिश्चित रहेको बताइन् ।

त्यसै गरि कास्की क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट खेमराज पौडेलले उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसबाट उम्मेदावारका आकाक्षी रहेका शोभियतबहादुर अधिकारी र देवराज चालिसेलाई प्रस्तावक र समर्थक राख्दै पौडेलले उम्मेदवारी दर्ता गरे । उम्मेदवारी दर्तापछि पौडेले जनतालाई रिझाउन सक्ने उम्मेदवारलाई नै निर्वाचनमा जनताले विजयी बनाउने बताए ।

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि राप्रपा, राष्टिय जनमोर्चा, विवेकशिल पार्टी, साझापाटी, सघियसमाजबादी नेपाल लगाएतका दलहरुल उमेदवारी दर्ता गराएकोे मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए ।

७१ हजार ८ सय ७१ मतदाता रहेको कास्की दुईमा ३२ मतदानस्थल र ८२ वटा मतदानकेन्द्रबाट मतदान रहने छन् । पोखराका विभिन्न ११ वटा वडा पर्ने कास्की २ मा रवीन्द्र अधिकारीले २७ हजार २ सय ७ मत र प्रत्यासी देवराज चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए ।

तत्कालीन विवेकशील साझा पार्टी तेश्रो भएको थियो । विवेकशीलका उम्मेदार श्रीकृष्ण श्रेष्ठले ८ सय ४३ मत पाएका थिए । गण्डकी प्रदेशअन्तर्गत प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह गरी ५ ठाउँमा उपनिर्वाचन हुँदैछ ।

कमेन्टहरु
Loading...