कास्कीका नयाँ एसपीको ‘जुवा’ निशाना

रञ्जन अधिकारी
पोखरा, ८ भदौ /पोखरामा अहिले जुवाडेको निँददै खराब भएको छ । व्यावसायिक रुपमै जुवातास खेल्ने खेलाउनेहरु प्रहरीको निशानामा छन्। सानोतिनो तास खाल जमाउनेदेखि घरमै मिनी क्यासिनोकै रुपमा सञ्चालन गर्ने व्यावसायिक जुवाडे प्रहरी फन्दामा परेका छन्।

कास्की प्रहरीको पछिल्लो हप्ताको मुख्य उपलब्धि नै यही हो। अनुसन्धान प्रक्रियामा बाधा पुग्ने भन्दै अरु सूचना दिन हच्किने प्रहरी जुवाडे पक्रिएका जानकारी भने आफैले दिनहुँ सञ्चारमाध्यमलाई उपलब्ध गराइरहेका छन्। आजको आर्दशसमाज दैनिकका लागि रञ्जन अधिकारीले समाचार लेखेका छन् ।

जिल्ला प्रहरी कार्यालय, कास्कीमा नयाँ प्रमुखले जिम्मेवारी सम्हालेको ठ्याक्कै १० दिन भयो। महानगरीय प्रहरी परिसर ललितपुरबाट प्रहरी उपरीक्षक अशोक सिंह पोखरा आइपुगेका हुन्। जिल्लामा कार्यभार सम्हालेलगत्तै उनले जुवा नियन्त्रण अभियान शुरु गरे। दिनहुँजसो जुवाडे पक्राउ र लाखौं रकम बरामद भएको छ।

कास्कीको प्रमुख समस्या ‘जुवा’ होइन। तुलनात्मकरुपमा शिक्षित बसोबास गर्ने भनिए पनि आपराधिक क्रियाकलाप हुने जिल्लामा कास्की अग्रस्थानमा पर्छ। यहाँको मुख्य समस्या लागुऔषध, गुन्डागर्दी, रात्री सुरक्षा हो। ‘यसतर्फ पनि ध्यान छ कि रु जुवा निशाना सस्तो प्रचारका लागि हो (’(यो प्रश्नलाई एसपी सिंह ठाडै नकार्छन्(‘होइन, म यहाँ आउने थाहा पाएदेखि नै कास्कीको समस्या, सुरक्षा चुनौती विषयमा जानकारी लिन शुरु गरेँ। मैले क्रमशः यी सबै समस्या नियन्त्रण गर्न योजना बनाउँदै छु(सिंह थप्छन्( ‘शुरु त एउटा प्वाइन्टबाट गनैपर्छ। अवैधानिक तवरले व्यवसायिकरुपमा खेलाईने जुवा निमिट्यान्न पार्नुपर्छ। यो जुवा समस्या सामान्य होइन। व्यावसायिकरुपमा जुवा खेलाउनेहरु व्यावसायिक जुवाडे हुन्। लाखौं बरामद गरेका छौं।’

सिंहको निर्देशनमा जुवा नियन्त्रण अभियानको पहिलो दिन साउन ३० मा रत्नचोक र महेन्द्रपुलमा छापा मार्दा रत्नचोकमा १० जनासहित ५७ हजार रुपैयाँ र महेन्द्रपुलस्थित भूपेन्द्र हिराचनको घरको पाँचौ तलाबाट आठ जना र १० लाख ६५ हजार रुपैयाँ बरामद गर्‍यो। साउन ३१ मा फूलबारीस्थित दुर्गाबहादुर पुनको घरमा सात जनालाई एक लाख ६८ हजार, साउन ३२ मा शिवचोकमा सुजन कार्कीको घरमा चार जनासहित २८ हजार बरामद गर्न सफल भयो।

भदौ १ मा चाउथे र बिरौटामा जुवाडे निशानामा परे। चाउथेको तनहुँ थानीभाइ होटलभित्र तास खेलिरहेका पाँच जनालाई २३ हजार, बिरौटास्थित गोपी श्रेष्ठको तीन तले घरको कोठाभित्र पाँच जनालाई ६२ हजार, शितलादेवीस्थित खेमबहादुर गुरुङको घरमा सात जनालाई १४ हजार सहित पक्राउ गर्‍यो। भदौ ३ मा पोखरा १० घलेचोकस्थित मीनबहादुर थापाको कोठाबाट आठ जना ३० हजार नगदसहित पक्रिए। भदौ ४ मा पोखरा २७, कालीगण्डकीचोकस्थित मीना पुनको घरमा १० जनालाई ८६ हजार र भदौ ६ मा भद्रकालीस्थित लालकुमारी गुरुङको घरबाट आठ जनालाई २६ हजार नगद सहित पक्राउ गर्‍यो। भदौ ७ मा बेगनास्थित हिराकाजी श्रेष्ठको घरमा प्रमोद रानाभाटले संचालन गरेको सिसा होटल एण्ड रेष्टुरेन्टबाट चार लाख रुपैयाँसहित १० जना जुवाडे पक्राउ गरिएको छ।

यसबीचमा ७२ जनालाई पक्राउ गर्दै प्रहरीले साढे १५ लाख बढी बरामद गर्न सफल बनेको छ। प्रहरीका अनुसार जुवा खेल्ने, खेलाउने र बेटिङ गरेर बस्नेलाई समेत पक्राउ गरी जुवा ऐनअन्तर्गत कारबाही थालिएको छ।

सिंहले सामाजिक विकृति फैलाउने तत्व नियन्त्रण गर्नेक्रममा जुवाबाट शुरु भए पनि लागुऔषध प्रयोग तथा ओसारपसार नियन्त्रणका सम्बन्धमा ‘एक्शन प्लान’ नै बनाएर जाने प्रक्रिया सुरु गरिसकेको उल्लेख गरे। कास्कीमा आफ्नो कार्यअवधिमा गुण्डागर्दी एवं डनगिरी गर्नेलाई तह लगाएर छाड्ने उनको योजना छ। ‘टोलटोलमा गुण्डागर्दी, असुली, प्लटिङ, हाउजिङलगायतमा आक्रमणमै उत्रेर रकम असुल्ने गुण्डाहरुबारे पनि सुनेको छु। तिनीहरुविरुद्ध प्रहरी उत्रन्छ’(सिंहले भने(‘प्रहरीले सुरक्षा गर्ने नागरिकलाई हो। नागरिकले पनि प्रहरीलाई सूचना दिन डर मान्नु हुँदैन। हामी सुरक्षाका लागि सदैव कटिबद्ध छौं।’ सिंहले यहाँको ट्राफिक समस्या समाधान, मिटरब्याज लगाउनेलाई कारबाही, मापसे नियन्त्रण, नाकाहरुमा कर्डाई, रात्री गस्तीमा आफू कटिबद्ध रहेको उल्लेख गरे।

सबै पक्ष सहमत भए लेकसाइडलाई चौबिसै घण्टा खुल्ला राख्न सुरक्षामा आफूहरुबाट कुनै कमजोरी हुन नदिने बताए। अधिकृतस्तरकै प्रहरीबाट नागरिकमैत्री व्यवहार नभएको, रात्री गस्तीका क्रममा प्रहरीबाट चको र रुखो बोली भएको, मुस्कानसहित प्रहरी सेवा, प्रहरी मेरो साथी नारामै सीमित भएको गुनासो बढिरहँदा प्रहरी नै सुधार्नतर्फ कस्तो योजना छ रु भन्ने प्रश्नमा सिंहले भने( ‘गुनासो नआएको होइन। सबै इकाईका इञ्चार्जलाई बोलाएर आफ्नो मातहतका प्रहरीलाई जनताको सेवा नै सवोपरी ठानेर काम गर्न, त्यही अनुरुप प्रस्तुत हुन, व्यवहार नागरिकमैत्री बनाउन मैले निर्देश गरेको छु।’

जुंगा हुलियाले समेत ‘सिंगम स्टायल एसपी सिंह’ गसिपबारे बेखबर नरहेका उनले आफ्नो कार्यशैलीकै कारण भनिएको हुनसक्ने प्रतिक्रिया दिए। ‘इन्स्पेक्टरदेखि सुरु भएको सेवा एसपीसम्म आइपुग्दा मैले कहिले पनि कुनै अपराध प्रवृत्तिसँग मैले सम्झौता गरिनँ। गुण्डागर्दी निमिट्यान्न पार्न त्यो बेलादेखि अहिलेसम्म एकचित्त भएर लागेको छु।’(एसपी सिंह थप्छन्(‘धेरै ठाउँमा मैलेर्र् इञ्चार्ज भएर कार्यसम्पादन गरेको छु। नागरिकसँग भिजेर काम गरेको छु तर अपराधी र गुण्डाहरु मसँग डराउँछन्। मैले आफ्नो जिम्मेवारी निभाउँदा नागरिकस्तरबाट गुड म्यासेजका लागि भनिएका हुनसक्छ।’ यस अगाडी धादिङ, सुर्खेत, ललितपुर लगायत जिल्लामा काम गरिसकेका छन्।

कमेन्टहरु
Loading...