आफनै साथीको हत्या गर्ने १२ बर्ष पछि पक्राउ

पोखरा, २ बैशाख /१२ बर्ष अगाडी आफू संगै काम गर्ने साथीलाई हत्या गरी फरार रहेका गोरखा जिल्ला मान्बु गाविस ८ का बर्ष ३४ वर्षिय झोला भन्ने वाला गुरुङलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

आफुसंगै ट्रेकिङ पोर्टर ९भरिया० को काम गर्दै आईरहेका गोरखा जिल्ला मान्वु गाविस ७ घर भई पोखरा ८ नागढुंगा बस्ने बर्ष २८ को सुक बहादुर गुरुङलाई पूर्व रिसईवीका कारण मिति २०६० साल ७ महिना ६ गते राती हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

वाला गुरुङले पोखरा उपमहानगर पालिकाको ८ नागढुंगा स्थित गोपाल थापाको खाली जग्गामा एकान्तमा फेला पारी ब्लक र ढुगाले टाउकोमा प्रहार गरेका थिए । गम्भिर सुक बहादुरको भोली पल्ट उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा मृत्यु भएको थियो ।

निज अभियूक्त झोला भन्ने वाला गुरुङ घटना लगतै फरार भई भारतको दिल्लीमा गई बसेकोमा १ महिना अगाडि देखी निज आफनै गाउको घरमा आई लुकिछिपी बसेको छ भन्ने बिशेष सूचनाको आधारमा निज अभियूक्तलाई गोरखा प्रहरी संग समन्बय गरी पक्राउ गरेको हो ।

पुराना अपराधहरुको अनुसन्धान तथा फरार अभियूक्तहरुको खोजतलास गरी पक्राउ गर्ने पोखरा प्रहरीको कार्ययोजना अनुसार पक्राउ परेको हो ।

कमेन्टहरु
Loading...