अस्तब्यस्त कास्की मालपोत कार्यालय

चन्द्रश्वर बस्ताकोटी
पोखरा, १६ माघ 

तपाईको काम आज हुदैन भोलि आउनुहोस,
भोली भन्नुभएको पनि ५ दिन हुन लाग्यो ।
अरुको काम गरेको देख्नुभएन
धेरै दिन देखि म पहिला नै आइरहेकी छु, गर्दिनुन हजुर
यो हप्ता यो काम हुन सक्दैन
१ हजारको नोट र कागज दिएपछि भरखरै आउनुभएका यो दाईको काम गर्न थाल्नुभएको छ । मेरो काम किन नहुने हजुर ? छोरी बोकेर आउन थालेको पनि ३ हप्ता हुन लाग्यो । मैले त सारै दुख पाए ।…………….. ………………………………………………………………
“बाहिर बसेको नेवारले सारै दुख दियो, चिया पनि खुवाउदैन, नारायणघाटबाट आउछ । यसलाई अब देखि हप्ता हप्ताको तारिख दिनुपर्यो । अनी बल्ल थाह पाउछ ।”
…………….. ………………………………………………………………
खोइ लेखन्दास ? आफै गर्न खोजेर हुन्छ ? मालपोत आएपछि अलिअलि मालपनि बुझाउनु नि । मालपोतमा आफैले होइन, लेखन्दास लिएर काम गर्न आउनुहोस ।
…………….. ………………………………………………………………
कति दिनुभयो लेखन्दासलाई ?
बुवाको नामबाट आमाको नाममा नामसारी गर्ने काम हो । लेखन्दासले ४ हजार मागेको छ । मलाई पन्ध्रसय सापटी दिनु न । पोखरा बस्दा खादा भएको पैसा सबै सकियो ।
तपाईले गल्ती गर्नुभयो, पोखरा नबसी २ हजार कर्मचारीलाई पनि दिएको भए यत्रो दिन लाग्ने थिएन । पैसा पनि यति धेरै खर्च हुने थिएन । खासमा यो नामसारीको काम कागज पुग्यो भने १ दिन पनि नलाग्ने काम हो ।
……………………………………………………………………………

कास्की मालपोत कार्यालय
कास्की मालपोत कार्यालय


पोखराका केहि कार्यालयमा बिहान १० बज्नासाथ अस्तब्यस्त जात्रा नै देखिन्छ । स्वस्र्फुत सेवाग्राहिले सेवा लिन समस्या हुने यी कार्यालयमा सेवा लिन आउनेहरुले बाउको बिहे देख्यो भन्ने उखान जस्तै दुख पाउछन । यो अत्याधुनिक आइटिको युगमा समेत सेवाग्राहिलाई दिन, हप्ता हुदै महिनौ झुलाउने र जात्रा देखाउने काम कहिले सम्म ?

कार्यालय र सेवाग्राही बिच केहि रकम लिदै समन्वयकर्ताको भुमिका निभाउन भनेर बसेका अधिकासं लेखापढि ब्यबसायीले दिने दुख त छदै छ, कार्यालयका कर्मचारीले समेत सेवाग्राहीको काम समयमै गर्दैनन । सरकारले नै गलत काम गर्न जागिर दिए झै सेवाग्राहिले उनीहरुकै तालमा दैनिक जसो ढुकेर नबसी छिटो गरिदिनुपरयो भन्यो भने छुद्र शब्दले गालि नै गर्ने गरेको सर्वसाधारणको गुनासो छ ।

रजिष्टेशन, नामसारी, जग्गा दर्ता, बकसपत्र, संसोधित लालपुर्जा, रोक्का, फुकुवा, मोहि दाखिला वा खारेजी लगायतका काम गर्ने मालपोत कार्यालयमा काम नबनेर धेरै दिन देखि धाउदै आएका सेवाग्राही, दलाल, बैकका कर्मचारी, साक्षी बस्न बोलाइएका ब्यक्तिहरु, झगडीया लगायतले बिहान १० बजे देखि दिउसो ४ बजेसम्म दिनहु कार्यालयको मालपोत कार्यालयको तमासा हेरेर दुख पाइरहेको देखिन्छ भने दलाल, बैकका कर्मचारी, लेखापढि ब्यबसायी, कर्मचारीले तमासालाई उर्जा थपिरहेको पाइन्छ । सेवाग्राहि जतिसुकै मर्कामा परेपनि कसैलाई राम्रो आम्दानीको स्थल बनेको मालपोत कार्यालयमा पार्किङको उस्तै जटिल समस्या रहेको छ ।

छ महिनामा राजश्व मात्र २० करोड संकलन भएको कार्यालयमा सेवाग्राहि बिच आर्थीक लेनदेन समेत हुने यस कार्यालय क्षेत्रमा हालसम्म एउटा बैक समेत छैन । सेवाग्राहि बिच आर्थिक लेनदेनमा कुनै सुरक्षाको प्रत्याभुति नहुदा सेवाग्राही त्रसित समेत हुनुपरेको छ । सेवाग्राहिले आफै निबेदन लेखर काम गर्न खोजेपनि ब्यबसायी मार्फत गए मात्र काम गरिदिने अन्यथा काम नगर्ने गरेको सर्बसाधारणको भनाई छ । बिगत १९ दिन देखि मालपोत कार्यालयमा कालिका गाबिस झाझरमारेकी छोरी बोकेर निरन्तर धाउदै आएकी बिष्णु भण्डारीले मालपोत कार्यालय कास्कीमा पाएको सास्ती अरु कसैले बेहोर्नु नपरे हुने सोचेको तर आमसर्बसाधारण यो सास्तीबाट मुक्ति पाउने कुनै बाटो नदेखेको बताउनु हन्छ ।

मालपोत कार्यालय कास्की
मालपोत कार्यालय कास्की

“फोर्स भएको लेखन्दासले काम फटाफट गराउदो रहेछ, पैसापनि दिनेहोला सामान्य लेखन्दासलाई कर्मचारीले पनि खासै चासो नदिदा रहेनछन सर्बसाधारण आफै गएर त १ दिनमा हुनेकाम १ महिनामा गर्न पनि गारो रहेछ । यस्तै पिडाले त हामी जस्ता सर्बसाधारण पनि पैसा दिए काम बन्छ भनेर पैसा नै अगाडि तेर्सस्याउनुको बिकल्प रहेनछ ।” निरास हुदै झाझरमारेकी भण्डारीले बताउनु भयो । करिब ५० जना कर्मचारी काम गरीरहेको देखिने कार्यालयमा एक कर्मचारी बराबर करिब २५ देखि ५० जना सेवाग्राहि कुरेर बसीरहेको बिहान देखि ४ बजेसम्म देख्न पाइन्छ । कतिपय लेखन्दासले एकै पटक २० पचिस जनाको फाइल समेत लिएर आउने गरेको समेत देखिन्थ्यो ।

लामाचौरका कृष्ण बहादुर कुवँरले सबै हकदार एव साक्षिहरु ल्याउन भनेपछि बस रिर्जर्व गरेरै परिवार र गाउले नै आएपनि काम नबनेको बताउनु भयो । “त्योदिन केहि काम भएन फेरी सबै लाई ल्याउनु भनेको छ, कामहुनेहोकी होइन, दुख दिने नियत पनि हुन सक्छ ।” आशंका गर्दै कुवरले बताउनु भयो । एउटा कामका लागि एउटै कर्मचारी समक्ष ४ देखि ९ पटक सम्म धाउनु पर्ने भएकाले हालसाबिक गर्न बिगत ८ दिन देखि मालपोत धाउदै गरेकी लेकसाइडकी सत्यदेबि सुबेदीले अधिकासं कर्मचारीको नामै कण्ठ भइसकेको बताउनु हुन्छ । सत्यदेबि भन्नुहुन्छ, अमेरीकाको काम पोखराबाटै गर्न सकिने जमानामा पनि पुरानो पद्धतिबाट काम हुने गरेकाले सर्बसाधारणले सास्ती भोग्नु परेको बताउनु हुन्छ ।

कर्मचारी बिहान देखि काम शुरु गरे पनि बारम्वार धुमिफिरी एउटा कर्मचारीले पटक पटक त्यहि काम दोहोट्याउदा समय नष्ट र सेवाग्राही र कर्मचारी बिच सुमधुर सम्वन्ध हुन नसकेको उहाको अनुभब छ । बृद्ध, अपाङ, लालाबाला बोकेर आएका सेवाग्राहीलाई कुनै सुबिधा छैन । कुनकामको कति सेवा सुल्क तिर्ने भन्ने समेत एकिन छैन । लेखन्दासले आफुखुसि रकम असुल्छन भने कर्मचारीले लेखन्दास बिनाको काम नै गदैनन् ।

चितबन भरतपुरका पुरुषोत्तम न्यौपानेले बिक्रि गरेको जग्गा नामसारी गरिदिन आएको ४ दिन सम्म समेत काम नभएको बताउदै पछिल्लो समय पहुचवाला लेखन्दासले मात्र छिटोकाम गर्न सक्ने बताउनु भयो । मालपोतमा लेखन्दास काम गर्दै आएका अधिकास ब्यबसायी र मालपोतमा कार्यरत अधिकासं कर्मचारीले पोखरामा घर नै बनाएर बसेका छन । मालपोत कार्यालय मालदार अड्डाका रुपमा चिनिदै आएको छ ।

“मालपोत कार्यालयमा जटिल काम हुन्छन, पढे लेखेकाले पनि यो काम गरिरहेको छैन भने गाह्रो हुन्छ । बिश्वमै छिटो जग्गाको काम हुने कार्यालय मध्ये नेपालका मालपोत कार्यालय १० भित्रै पर्दछन । दक्षिण एसियामा नेपालको मालपोत कार्यालय सबैभन्दा छिटो काम हुने कार्यालय हो ।” मालपोत कार्यालय कास्कीका प्रमुख मालपोत अधिकृत रघुनाथ अधिकारीले भन्नुभयो, “पछिल्लो समय कामको चाप बढेको छ । जनताको काम सहजरुपमा छिटो गराउने हाम्रो दायीत्वसगै गलत काम हुन नदिनु पनि हो । त्यसैले अलि कति समय लाग्यो भनेर अन्यथा लिनु हुदैन” प्रमुख मालपोत अधिकृत अधिकारी बताउनुभयोे । कुनै पनि कर्मचारीले ठिलासुस्ती, गलत नियतले काम गरे तत्काल कानुन बमोजिम कावार्हि गर्ने बताउदै जनताको काम छिटोछरितो र कानुनी प्रकृया पु¥याएर मात्र गर्न सबैले कर्मचारीलाई उत्साहित बनाउनु पर्ने, गलतकाम गर्न निरुत्साहित बनाउनु पर्ने बताउनु भयो । उहाले धेरै बर्ष पहिलेको कर्मचारी सख्या र भवन समयानुकुल बनाएर काठमाण्डौ मालपोतको झै शाखाहरु बनाउन जरुरी रहेको औल्याउनु भयो । बिश्वका सबै देशमा यस्तै प्रबिधि वाट जग्गाको कारोबार हुने गरेको समेत उहाको दाबी छ । कास्की मालपोतमा ७५ बटै जिल्लाका कारोवार हुने गरेको बताउदै भवन निमार्णका लागि बिभाग र मन्त्रालयलाई पत्राचार गरिसकेको जानकारी दिनुभयो ।

जनताको काम कानुनी प्रकृया पु¥याएर, छिटो, सहजरुपमा गर्न र राज्यको आम्दानी बढाउन राजश्व तिर्दै आएका लेखापढि ब्यबसायी मार्फत मात्र काम गर्न र गराउन अनुरोध गरेको बताउदै आर्थिक स्थिति कमजोर भएका सेवाग्राहिलाई गाबिसको सिफारिसमा निशुल्क सेवा उपलब्ध गराउने नेपाल लेखापढि ब्यबसाय समिति कास्कीका अध्यक्ष हरि प्रसाद शर्माले बताउनु भयो । सेवाग्राहि आफैले समेत लेखन्दासको काम गर्न सक्ने शर्माको भनाई छ । सेवाग्राहि र ब्यबसायीको आपसी समझदारीमा सेवासुल्क लिने दिने गरिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

“सेवा लिन आउनेहरुले प्राय परिचित र बिश्वास जितेकासँग मात्र आफ्नो काम गराई आपसी समझदारीमा सेवा सुल्क लिने दिने भएकाले सेवा शुल्कको दररेट नतोकिएको हो । ब्यबसायीले निशुल्क सेवा दिन चाहेपनि हाम्रो आपत्ति हुदैन, तर सेवाग्राहिले बढि रकम ब्यबसायीले लियो भनेर आए हामीले उचित शुल्क भन्दा बढिलिन दिने छैनौ” अध्यक्ष शर्माले भन्नुभयो ।

कमेन्टहरु
Loading...