कास्कीका यी गाविस पहिरोको जोखिममा

पोखरा, १३ असार /अघिल्लो वर्षको भूकम्पले जमिन हल्लाएपछि पहिरो जोखिम बनेका कास्कीका केही ग्रामीण बस्तीले संरक्षणका लागि जिल्ला भू—संरक्षण कार्यालय कास्कीमा निवेदन दिएका छन् ।

चर्किएको जमिनले पहिरोको जोखिम बढाएको भन्दै बस्ती संरक्षणका लागि जिल्ला भू—संरक्षणमा कास्कीमा गाँउवासीले निवेदन दिएका हुन् । कास्कीका ढिकुरपोखरी, भदौरे तामागी, धिताल, दाङसिङ,रुपाकोट गाविसका केही बस्तीहरु पहिरोको जोखिममा रहेको भन्दै संरक्षणका लागि निवेदन दिएको जिल्ला भू—संरक्षण कार्यालय कास्कीका सूचना अधिकृत विष्णुप्रसाद पोखरेले जानकारी दिए ।

उनले गत वर्ष साउन १३ गते गएका बाढिका कारण भदौरे ढिकुरपोखका विभिन्न बस्तीहरु जोखिमा रहेको र संरक्षणका लागि तारजाली लगाउने काम भईरहेको बताए । उनले अघिल्लो वर्षका बाढि र पहिरोका कारण चापाकोट र कास्कीकोटका विभिन्न ठाउँमा पुरको र भदौरे र ढिकुरपोखरीमा ठाउँ ठाउँमा पहिरोको सम्भावना रहेको बताए ।

कास्कीकै भदौरे तामागी गाविस—४ को घाँटीछिनामा पहिरोको जोखिमका कारण घरहरु जोखिममा छन् । त्यहाँ संरक्षणक लागि तारजाली लगाउने काम भईरहेको पोखरेलले जानकारी दिए । अन्य क्षेत्रमा पनि त्यस्तै छ । बस्ती संरक्षणका लागि विभिन्न गाविसबाट करिब १ हजार निबेदन परेको बताए । त्यसै गरि जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालयबाट समेत सिफारी आएको बताए ।

कमेन्टहरु
Loading...