चुनावका लागि कास्कीमा निर्वाचन अधिकारीका कार्यालय स्थापना

सागर राज तिमिल्सिना
पोखरा, ९ कात्तिक/मंसिर २१ गते हुने दोस्रो चरणको संघीय संसद र प्रदेश निर्वाचनका लागि कास्कीमा मुख्य निर्वाचन अधिकारी र निर्वाचन अधिकृतको कार्यालयको कार्यालय स्थापना गरेको छ।

जिल्ला न्यायाधीश दिपेन्द्र अधिकारीले कास्कीको जिल्ला समन्वय समितिको कार्यालयमा कार्यालयको उद्घाटन गरे । उनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।

प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले निर्वाचन सम्पन्न गर्न सबै एक भएर अगाडी बढ्नु पर्ने बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका साथै कास्की जिल्लाका अन्य दुई वटै निर्वाचन अधिकृतको कार्यालय पनि स्थापना गरिएको छ ।

कास्कीको क्षेत्र नम्बर १ को कार्यालय पोखरा उपत्यका नगरविकास समितिको कार्यालयमा र क्षेत्र नम्बर २ को सहकारी डिभिजन कार्याल र क्षेत्र नम्बर ३ को जिल्ला समन्वय समितिको कार्यालयमा राखेको क्षेत्रिय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुबेदीले जानकारी दिए । उनले क्षेत्र नम्बर १ मा जगन्नाथ पौडेल र क्षेत्र नम्बर २ मा गंगा शर्मालाई निर्वाचन अधिकृत तोकेको जानकारी दिए ।

कास्की जिल्लामा कुल मतदाता दुई लाख ५५ हजार ४ सय ५६ रहेका छन् । तीमध्ये पुरुष एक लाख १९ हजार २९४, महिला एक लाख ३६ हजार १५४ र तेस्रो लिंगी चार जना रहेका छन् ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा ९६ हजार ८४, क्षेत्र नं २ मा ७० हजार ६५१ र क्षेत्र नं ३ मा ८८ हजार ७१७ मतदाता रहेको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ । पोखरा लेखनाथ महानगरपालिका, अन्नपूर्ण, मादी, माछापुच्छ्रे र रुपा गाउँपालिकामा १५० मतदानस्थल र ३१७ मतदान केन्द्र कायम निर्वाचन कार्यालयले गरिएको छ।

 

कमेन्टहरु
Loading...