कास्कीमा चुनावी रन्को, को भन्दा को अगाडी

सागर राज तिमिल्सिना
पोखरा, २८ कात्तिक /एक महानगरपालिका सहित ४ वटा गाउँपालिका रहेको कास्की अहिले चुनावमय बनेको छ । कास्कीको पोखरा प्रदेश नम्बर ४ को निर्विकल्प राजधानी पनि हो । राजनीतिक दलहरुले पोखरा र समग्र प्रदेश नम्बर ४ कै सम्वृद्धिको महत्वाकांक्षी सपना बाढ्दै जनताको घर दैलोमा पुगेका छन् । कास्कीमा प्रतिनिधि सभाका लागि ३ र प्रदेश सभाका लागि ६ सिटका लागि करिब १ सय उमेद्वार चुनावी मैदानमा छन् ।

कास्कीको क्षेत्र नम्बर १ मा कानुनमन्त्री यज्ञबहादुर थापा र पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारी प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् । कांग्रेस र वाम गठबन्धनबाट चुनावी मैदानमा उत्रिएका यी दुइबीच दोस्रोपटक भिड्दै छन् । यसअघि ०६४ को संविधानसभा निर्वाचनमा माओवादीका देव गुरुङसँग दुवै पराजित भएका थिए । चुनावी मैदानमा दुई सशक्त राजनीतिक खेलाडी बीचको घम्साघम्सी भने मतदातामाझ चासोको विषय छ । दुई उम्मेदवारबीच एउटा समानता के छ भने दुवैले २÷२ पटक जिल्लामा पार्टी नेतृत्व सम्हालेका छन् । दुवै विद्यार्थी राजनीतिबाट उदाएका हुन् । क्षेत्र नम्बर १ मा अहिले ९६ हजार ९९ मतदाता छन् ।

कास्कीको क्षेत्र नम्बर २ मा दुवै संविधानसभा चुनावमा विजयी भएका एमाले नेता रवीन्द्र अधिकारी ह्याट्रिक गर्ने दाउमा छन् । पहिलो संविधानसभा चुनाव २०६४ मा माओवादी नेता झलकपाणी तिवारीलाई पराजीत गरेका उनले २०७० को चुनावमा काँग्रेस नेता शोभियतबहादुर अधिकारीलाई हराए । यस पटक उनको प्रतिश्पर्धीको रुपमा काँग्रेसका बौद्धिक नेता देवराज चालिसे छन् । लामो समय प्राध्यापनमा विताएका चालिसे राजनीतिक जीवनमा अग्रपंक्तिमै रहेर पार्टीको जिम्मेवारी सम्हालेका चालिसे पहिलो पटक चुनावी मैदानमा छन् ।

कास्कीबाट प्रतिनिधि सभामा कसकसले टिकट पाए
कास्कीबाट प्रतिनिधि सभामा कसकसले टिकट पाए

यी दुईको प्रतिस्पर्धा पनि निकै कसिलो बन्दै गएको छ । दुवै संविधानसभा चुनावमा विजयी एमालेका नेता रविन्द्र अधिकारी यस पटक पनि विजयी हुनेमा ढुक्क छन् । कास्की क्षेत्र नम्बर २ मा स्थानीय निर्वाचनलाई हेर्ने हो भने वाम गठबन्धन करिब ७ हजार मत अन्तरले अगाडी रहेको छ । वाम गठबन्धनको २२ हजार ९ सय ६६ मत छ भने काग्रेस १५ हजार २ सय १७ मत छ । यो क्षेत्रनमा अहिलेको मतदाता सख्या ७० हजार ६ सय ५१ रहेको छ । यो क्षेत्रमा मात्रै नयाँ मतदाता करिब १० हजारको हाराहारीमा थपिएका छन् । थपिएका मतदाताको मत निर्णायक हुने काग्रेस नेताको भनाई छ । मतदाताले सधै एउटै उमेद्वार भन्दा पनि फरक उमेद्वार जिताउने नेपालकी काग्रेसका उमेद्वार देवराज चालिसे बताउ छन् ।

काँग्रेस कास्कीको इतिहासमा सबैभन्दा लामो समय पार्टी सभापतिको भूमिकामा रहेका पूराना नेता शुक्रराज शर्मा कास्की क्षेत्र नम्बर ३ बाट उमेद्वारी दिएका छन् । क्षेत्र नम्बर २ बाट २०४८ र २०५१ को चुनावमा लगातार एमाले नेता तुलबहादुर गुरुङसँग पराजीत भए । उनको यो उम्मेदवारी तेश्रो पल्ट हो । शर्माको पप्रतिश्पर्धी एमालेका नेता जगत विश्वकर्मा छन् । लामो समयदेखि नेपाली राजनीतिक आन्दोलनमा होमिएका विश्वकर्मालाई वाम गठबन्धनको साथ छ । उता शर्मा भने लगातार पराजय भोगेको आफ्नो इतिहास बदल्ने तयारीमा छन् । कास्की क्षेत्र नम्बर ३ मा ८८ हजार ७ सय १७ मतदाता रहेका छन् ।

स्थानीय चुनावको मतलाई हेर्ने हो भने कास्कीमा कुनैपनि क्षेत्र काँग्रेसका लागि सुरक्षित छैनन् । सबैक्षेत्रमा बाम गठबन्धन नै आगडी छन् । यद्यपी स्थानीय चुनावमा उम्मेदवारको ब्यक्तित्वदेखि निर्वाचन परिचालन र कास्कीमा थपिएका करिब ५० हजार नयाँ मतदाताले कसलाई बिजय गराउछन् भने ठुलो हात हुने राजनैतिक विश्लेशकहरु बताउ छन् । यसपाली भने काँग्रेसले सुधारोन्मुख नतिजा निकाल्ने नेताहरुको दावी छ । वाम गठबन्धन पनि सबै क्षेत्रमा आफ्नो पकड जमाउने दावी ग¥यो ।

 

कमेन्टहरु
Loading...