कास्कीमा चन्दा माग्नेको सुचना दिन प्रशासनको अनुरोध, रकम माग्दै धम्काउने बढे

पोखरा, २७ पुस /कास्कीमा विभिन्न समुहले डर धम्की देखाएर विभिन्न व्यक्ती तथा परियोजनामा रकम माग्न थालेप्रति कास्की प्रशासनले धम्की दिनेको सुचना दिन अनुरोध गरेको छ ।

विभिन्न समुहले चन्दा संकलन गर्ने उद्देश्यले स्थानीय तह र पदाधिकारीहरु एंव विकास निर्माण तथा पुर्वाधार सम्बन्धी कार्य गर्ने योजनहरुमा डर त्रास देखाइ वा धम्क्याई अवैध रुपमा चन्दा संकलन गर्ने गरेको बुझिन आएको कास्की प्रशासनले जानकारी दिएका ।

शुक्रबार एक विज्ञप्ती प्रशासित गर्दै जिल्ला प्रशान कार्यालय कास्कीले कसैले डर त्रास देखाइ वा धम्क्याई चन्दा मागेमा कास्की प्रशासनलाई अथवा प्रहरीलाई खबर गर्न अनुरोध गरेको छ । यसरी चन्दा संकलन गर्नलाई जो सुकै व्यक्ति वा समुहलाई पक्राउ गरि कानुनी कार्वाही गर्ने कास्कीका साहेक प्रमुख जिल्ला अधिकारी शिशिर पौडेल द्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

कमेन्टहरु
Loading...