कास्कीमा सवारी दुर्घटना बढ्दो, एक वर्षमा ५८ जनाले ज्यान गुमाए

पोखरा, ३ साउन /कास्कीमा सवारी पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएको छ । पछिल्लो एक वर्षमा ५८ जनाले ज्यान गुमाएका छन् । २०७३/ ७४ मा सबैभन्दा बढी ५८ जनाको ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सुचना अधिकृत एबं प्रहरी नायब निरिक्षक शिब थापाले जानकारी दिए ।

अनुसार पछिल्लो चार आर्थिक वर्ष मध्ये यस वर्ष सबै भन्दा बढिले ज्यान गएको बताए । यो आर्थिक वर्षमा ९९ वटा दुर्घटनामा ४० पुरुष, ११ महिला र ७ वालवालिका गरी ५८ जनाको मृत्यु भएको हो । गएको आर्थिक बर्ष जम्मा १४३ सवारी दुर्घटनामा परेकोमा सबैभन्दा बढी मोटरसाईकल ७९ वटा छन् । गत आर्थिक बर्षको फागुन महिनामा सबैभन्दा बढी ११ जनाको ज्यान गएको तथ्याङ्क छ ।

कास्कीमा सवारी दुर्घटनामा परेर पछिल्लो ४ बर्षमा १७० जनाले ज्यान गुमाएको थापाले बताए । आर्थिक बर्ष २०७०/७१ मा ८७ दुर्घटनाबाट ३६ जनाको ज्यान गुमाएको बताए । त्यसै गरि कास्कीमा आर्थिक बर्ष २०७०/७१ मा ८७ दुर्घटनाबाट ३६ जनाको ज्यान गएको कास्कीमा आर्थिक बर्ष २०७१/७२ मा ८७ सवारी दुर्घटनामा ४१ जनाले मृत्यु भएको थियो । आर्थिक बर्ष २०७२/७३ मा ६४ सवारी दुर्घटनाबाट ३५ जनाको ज्यान गएको छ ।

पछिल्लो ४ बर्षको अवधिमा सवारी दुर्घटनामा परी कास्कीमा ३१५ गम्भिर र १६२ सामान्य गरी ४७७ जना घाइते भएका छन् । वितेको आर्थिक बर्ष २०७३/७४ मा ७३ गम्भिर र ३१ सामान्य गरी १०४ जना घाइते भएका छन् । ट्राफिक प्रहरीका अनुसार चालकको लापरवाहीको कारण सबैभन्दा बढी दुर्घटना हुने गरेको छ । वितेको आर्थिक बर्षमा भएको ९९ सवारी दुर्घटनाको तथ्याङ्क हेर्दा चालकको लापरवाहीका कारण ५६ वटा दुर्घटना भएको देखिन्छ । त्यसपछि तिब्र गतिको कारण ४० वटा , मापसेले एउटा र चौपायाका कारण दुई वटा दुर्घटना भएको थापाले बताए ।

कमेन्टहरु
Loading...