कास्कीकोटमा नवदुर्गा पुजाको तयारी पुरा

पोखरा, २१ असोज / पोखरा महानगरपालीका २४ कास्कीकोट गुप्तकालीका मन्दिरमा नवदुर्गा महोत्सवको तयारी पुरा भएको छ । वैधिक तथा \

तान्त्रीक विधीबाट पुजा हुने गुप्तकालीका मन्दिरमा वडा दशैको दश दिन विश्व शान्ती कामनाआर्थ पुजा हुदै आएको गुप्तकाली धार्मीक क्षेत्र

विकास समितिका अध्यक्ष दिलिप विक्रम शाहीले बताए । सत्रौ शाताव्दीका ढाल तरवार प्रर्दशन तथा लोप उन्मुख कुवँर जातीको सरुङ

खेल दैनिक मालश्री गित, नगरा आरती तथा पोखराको रामघाटबाट लगिने फुलपातीको डोली विधीवत मन्दीर प्रवेश, अष्ठमीको रात

कालरात्री पुजा, नवमीमा पञ्चवली तथा दशैमा टिका लगाएर वास्पानीमा फुलपाती सेलाउने परम्परा रहेको क्षेत्र विकास समितिका सचिव

ठाकुर प्रसाद त्रिपाठीले बताए । शतिm पिठ गुप्तकालीकाको मन्दिर केबल कास्कीकोटमा मात्र रहेको र यस वर्षको दशैबाट विशेष धार्मिक

कार्यक्रमहरुको सुरुवात गर्न लागेको वडा अध्यक्ष ओम प्रसाद सुवेदीले बताए । गुप्तकालीका मन्दिरमा वडा दशैमा श्रदालु भतmजनहरुको

घुइचो लाग्ने गर्छ ।

कमेन्टहरु
Loading...