कास्कीको रिभानमा ठुलो पहिरो, १५ घर परिवार विस्थापित

सागर राज तिमिल्सिना
पोखरा, २५ साउन/कास्कीको माछापुच्र्छे« गाउँपालिका रिभानमा मंगलवार राति गएको पहिरोले १५ घर परिवार विस्तापीत बनेका छन् । माछापुच्छे« गाउँपालिका वडा नम्वर ५ को हुम्डेका १५ घर परिवार बिस्थापित भएका हुन् । पहिरोले १५ घर पूर्ण क्षति भएका छन् ।

बस्ती भन्दा माथीबाट खहरे खोलामा आएको पहिलोले बस्ती नै लगेको हो । खोलामा धमिलो पानी बग्न थाले पछि गाउँले पहिरो जानु अघि नै भागेर ज्यान जोगाउँन सफल भएका हुन् । बर्षा संगै गाउँमार्थीवाट बग्ने खहरे खोलामा राति ९ बजे तिर ठुलो आवाजमा सुसाउँदै पहिरो आए पछि भागाभाग गरेर ज्यान बचाएको स्थिानिय अप्सारा लामिछाने बताइन् ।

पहिरोले रातारात घर बगाएपछि स्थिानिय एकै रातमा घर बिहीन भएका छन् । दुखजिलो गरेर बनाएको घर बगाएपछि अव कसरि फेरि नयाँ घर बनाउँने भन्ने चिन्ता भएको स्थानिय गौमाया बिकले सुनाइन् । पहिरोले घरमा भएका लत्ताकपडा र खाद्यन्न सबै बगाएको र घर बनाउने ठाउँ समेत नरहेको बताइन् ।

कास्कीको रिभानमा ठुलो पहिरो, १५ घर परिवार विस्थापित
कास्कीको रिभानमा ठुलो पहिरो, १५ घर परिवार विस्थापित

पहिरो पिडितहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीले जनही नगर १५ हजार वितरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी कास्कीले बुधबार नै खाद्यन्न, भाडा र त्रिपाल वितरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापनि बामदेव ढुङगाले हस्तान्त्ररण गरे । उनले पहिरो पिडितलाई आवस्य सबै सहयोग गर्ने र सम्बन्धीत निकायको ध्यान केन्द्रत गर्ने बताए ।

पहिरोले स्थानिय देवीलाल लामिछानेको घर पूर्ण रुपमा क्षति भएको छ । उनको गोठमा रहेको एउटा गाईको मृत्यु भएको छ भने, नर्सरी र पाँच सय कुखुरा रहेको फर्म बगाएको छ । यसै गरि स्थानीय फोमाया विकको घर पूर्ण क्षति भएको र ४ वटा वाख्रा समेत मरेका छन् । पहिरोले स्थानीय प्रविण लामिछाने, गंगा आचार्य, सन्तुमाया लामिछाने, हिमाल भुषाल, नरबहादुर बिक, कमला बिक गंगा विकको घरमा क्षति पुगेको छ । यसै गरि स्थानिय प्रल्हाद लामिछाने, डम्वर बिक, खेमकुमारी विक र रेशम लामिछानेको पनि घर क्षति भएको छ । विस्थापित परिवारहरु आफन्तकोमा गएर बस्न बाध्य भएका छन् ।

कमेन्टहरु
Loading...