हङकङ आइडी विवादमा हत्याः २० वर्षपछि दोषी पक्राउ

पोखरा, ६ साउन / कास्कीको अन्नपूर्ण गाउँपालिका ११ (साविकको घान्दु्रक गविस) घान्द्रुकमा भएको हत्याका दोषीलाई कास्की प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ ।

हङकङ आइडीको विषयमा विवाद हुँदा मनप्रसाद गुरुङलाई हतियार प्रहार गरी हत्या गरेका आरोप लगेका कुमार गुरुङलाई उनकै घरबाट जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको हो ।

हङकङ आइडीको विषयमा दुईजना बीच २०५६ माघ ४ गते झगडा हुँदा कुमारले प्रहार गरेको चोटबाट मनप्रसादको भोलीपल्ट मृत्यु भएको थियो ।

घटना लगत्तै फरार भएका कुमार गुरुङ २ वर्षसम्म म्याग्दी र र त्यसपछि १४ वर्षसम्म भारतमा लुकिछिपि बसेका अनुसन्धानबाट खुलेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।

उनले बाबुको मृत्यु पछि करिब ४ बर्ष देखी कास्की मै रहेका कुमारलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको बताए ।

कमेन्टहरु
Loading...