कास्कीमा हत्या आरोपमा तीन जना पक्राउ

पोखरा, १६ पुस /कास्की प्रहरीले एकसाता अघि कास्कीको अन्नपूर्ण गाउँपालिका १० खुम्ब्रुखु एक बुुद्धाको हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पर्वतको मोदी गाउँपालिका २ देउपुर स्थायी घर भएका ७३ बर्षिय दीलबहादुर सार्कीको हत्या आरोपमा तीन जनालाई पक्राउ गरेर सार्वजनीक गरेको छ ।

प्रहरीले कास्कीको अन्नपूर्ण गाउँपालिका १० क्लिउ बस्ने ३१ बर्षिय बुद्धिमान सार्की, उनका बाबु ६० बर्षिय निमबहादुर सार्की र माईलो बाबु ७२ बर्षिय लाल सिंह सार्की रहेका छन् ।

पुस ८ गते साँझ तीनै जना मिलेर दीलबहादुरको हत्या गरेको स्विकार गरेको प्रहरीले जानकारी दिएको छ । मृतकले आफुँहरुलाई अपशब्द प्रयोग गरेर गाली गरेपछि हत्या गरेको बताएका छन् । हत्याराहरुले रक्सी पिएको र त्यही बेला हत्या भएको कास्की प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए ।

  • घटना बिबरण

मिति २०७५।०९।१४ गते अन्नपुर्ण गाउँपालिका वडा नं-१० खुम्व्रुखु स्थित मोदी खोलामा मृत लाश फेला परेको भन्ने सुचना प्राप्त पश्चात तत्काल प्रहरी चौकी घान्दुक कास्कीबाट प्रहरी टोली, जिल्ला प्रहरी कार्यालय कास्कीवाटSOCO सहितको प्रहरी टोली साथै स.प्र.गण.मुका पोखरावाट रेस्क्यु सहितको टोलि खटिई गई उक्त शवलाई खोलावाट वाहिर निकालि हेर्दा उक्त जिल्ला पर्वत मोदी गाउँपालिका बडा नं २ देउपुर स्थायी घर भएका बर्ष ७३ का दिल बहादुर सार्कीको लास भन्ने खुल्न आएपछी  घटनास्थल लास जाँच प्रकृति मुचुल्का कार्य सम्पन्न गरी शवलाई पश्चिम क्षेत्रीय अस्पताल गण्डकी ल्याई राखिएको ।

  • प्रहरी कार्य

यस कार्यालयमा घटनाको सुचना प्राप्त भए पश्चात घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट SOCO सहितको अनुसन्धान टोली त्यस तर्फ खटाई पठाईएकोमा उक्त टोली घटनास्थलमा पुगि लाशजाँच, घटनास्थल लगायतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरेको र घटनास्थलमा उपस्थित गाउलेहरु मध्ये जिल्ला कास्की अन्नपुर्ण गाउपालिका बडा नं १० क्लिउ बस्ने बर्ष ३१ को बुद्धिमान सार्कीको गतिबिधि शंकास्पद देखिएको र निजलाइ नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याई अनुसन्धान गर्दै जादा उक्त घटना आफु लगायत आफ्नो बुबा बर्ष ६० को निम बहादुर सार्की र माईलो बुबा बर्ष ७२ का लाल सिंह सार्कीले मिति २०७५।०९।०८ गते साझ सयुक्त रुपमा कुटपिट गरी मारेको र तत्पश्चात रातको समयमा घरबाट तल झोलुङगे पुलमा ल्याई मोदि खोलामा फालेको  भन्ने खुल्न आएको ।

उक्त घटनामा संग्लन ३ नै जनालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा मृतक लगायत आफु हरुले  मादक पदार्थ सेवन गरेको र मृतकले आफुहरुलाइ अपशब्द बोलेको कारण निजलाइ कुटपिट गरी मारेको भन्ने खुलेको ।

कमेन्टहरु
Loading...