दशैंमा कास्कीमा १२ सवारी दुर्घटना, १ को मृत्यु, ७ सय ८१ लाई कारवाही

106

पोखरा, ४ कात्तिक / दशैंको समयमा कास्की जिल्लामा १२ वटा सवारी दुर्घटना भएका छन् । चाडपर्वको समयमा सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

तीन वटा गम्भिर दुर्घना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका पोखराका प्रवक्ता शिव प्रसाद पाठकले जानकारी दिए । उनले असोज २४ गते घटस्थापनादेखि कात्तिक ४ गते सम्म भएका दुर्घटनामा ७ जना घाईते भएको र तीन वटा गम्भिर प्रकृतीका दुर्घटना भएको बताए ।

उनले पोखराको बुलौदीमा बाराही चोक र सिर्जनाचोकमा दुर्घटना मादक पदार्थ सेवन (मापसे) गरी तीव्र गतिमा सवारी चलाएका कारण दुर्घटना भएका उनले बताए ।  दशैको बेलाको ७ सय ८१ सवारी चालकलाई कारवाही गरी पाँच लाख २९ हजार राजश्व संकलन भएको उनले बताए ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...