कास्कीको वीरेठाँटी देखी मुक्तिनाथ सम्मको केबलकारको काम आगडी बढ्यो

काठमाडौं, १९ जेठ /कास्की र मुस्ताङ जोड्ने गरि धार्मिक एवं पर्यटकीय स्थल मुक्तिनाथ धामसम्म केवलकार निर्माण हुने भएको छ ।

कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथ सम्म निर्माण गरिने प्रस्तावित यात्रुबाहक केवलकारको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण कार्य सुरु भएको छ ।
८३.६५ किलोमिटर लम्बाईको विश्वकै लामो यात्रुवाहक केवलकार हुने दाबी गरिएको छ ।

प्रस्ताावित केवलकार निर्माणका लागि डीपीआर निर्माण कार्य सुरु भइसकेको जानकारी मुक्तिनाथ दर्शन केवलकार प्रालिका इन्जिनियर बिकास त्वनाबासुले दिए ।

प्रस्तावित केवलकारको डीपीआर निर्माणका लागि अस्ट्रेलियाको विशेष प्राविधियुक्त विमान तीन दिनअघि नेपाल आइपुगेको हो । सोही विमानको सहयोगमा डीपीआरको काम भइरहेको छ ।

नापी विभाग र निर्माण कम्पनीका प्राविधिकहरूको सहयोगमा डीपीआर निर्माण कार्य भइरहेको उनले बताए । आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले समाचार लेखेका छन् ।

कमेन्टहरु
Loading...