कराँते प्रशिक्षण भवन बनाउन ४० लाख सहयोग

पोखरा, १३ असोज/ अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका एक खेलाडीले पोखरामा निर्माणधिन सितोरियोको भवन बताउन १० लाख

सहयोग गरेका छन् । अमेरिकामा बस्दै आएका यज्ञलाल श्रेष्ठले पोखरामा निर्माणाधिन सितोरियो सेईको काई कराँते भवनलाई १० लाख रुपैयाँ

सहयोग हस्तान्तरण गरेका हुन् । शनिबार उनले पोखरा १४ चाउथेस्थित निर्माणाधिन भवनलाई आर्थिक सहयोग स्वरुप चेक हस्तान्तरण गरेका हुन्

। उनले यस अघि नै ३० लाख रुपैयाँ सहयोगमै भवन निर्माण शुरु गरिएको थियो ।

हिमालयन फाउण्डेशन कर्पोरेसनको पाँचौ प्रोजेक्टको रुपमा रहेको कराँते प्रशिक्षण भवन निर्माण गर्न श्रेष्ठले वर्षेनी सहयोग गर्दै आएका छन् । उनी

अमेरिकामा व्यवसाय समेत सञ्चालन गर्दै आएका छन् । उनी म्याराथन धावक समेत हुन् । उनले अमेरिकामै आयोजित १ सय माईल दौडमा २२

घण्टामा पुरा गर्दै रजत पदक जितेका थिए । उनले भवन निर्माणका लागि सहयोग गरेको ४० लाख मध्येको बाँकी रकम
१० लाख उनले निर्माणाधिन भवनमा नै शनिवार आयोजित कार्यक्रममा उपलव्ध गराएका हुन् ।

चेक हस्तान्तरण समारोहमा बोल्दै गण्डकी प्रदेश सांसद राजीब पहारीले नेपालमा खेलको ठूलो सम्भावना भए पनि राज्यबाट कहिल्यै पनि

प्राथमिकतामा नपरेको बताए । समाजमा जहिले पनि दुई प्रकारका मान्छे भएको बताउँदै उनले सहयोगदाता यज्ञलाल तर्फ इंगित गर्दै भने–“संधै

वाँचिरहनेहरुले समाजका लागि यज्ञलालले जस्तै सहयोग गरिरहेका छन त्यसैले उहाँको नाम यज्ञमात्रै होइन महायज्ञ नै हो ।”

सहयोगदाता तथा हिमालायन फाउन्डेसनका संस्थापक अध्यक्ष यज्ञलाल श्रेष्ठले आफू खेलकुदमा लागेर यूवा अवस्थामा नै विदेश पलायन भए पनि

जहिले पनि नेपालको शिक्षा र खेलकुद बिकासका लागि सहयोग गर्दै आएको बताए । अध्यक्ष श्रेष्ठले आफू २१ वर्षको उमेरमा दुख गरेर आफ्नै खर्चमा

सन २००२ र २००३ मा अमेरिकमा सिल्भर मेडल जितेर राष्ट्रको झण्डा फहराउँदाको त्यो अनुभुती र गर्व संधै महशुस भइरहेकोले पनि नेपाली

खेलाडीका लागि केही गरौं भन्ने लागिरहेको बताउँदै थपे –“एउटा शसक्त खेलाडी बन्न जीवनमा कहिल्यै पनि हरेश खान हुन्न पाठ सबैल सिक्ने

अवश्यक छ ।”

लायन्स क्लब ३२५ बी १ का डिष्ट्रीक्ट कोर्डनिटर मोहनकृष्ण श्रेष्ठ, लायन्स क्लब काष्ठमण्डप क्यालिफोर्नियाका अध्यक्ष नारायण सोनामी, शेयर

एण्ड केयर फाउन्डेसनका निर्देशक रमेश खडका, नेपाल खेलकुद पत्रकार मंच गण्डकीका अध्यक्ष केशब पाठक, सेईको काई कराँते संघका उपाध्यक्ष

महेन्द्र गुरुङ लगायतले अब खेलाडीहरुले पानीमा भिजेर प्रशिक्षण लिने समस्या समधान भएको बताउँदै मार्शल आर्ट खेलबाट राष्ट्रका लागि पदक

ल्याउन नेपाली खेलाडी सक्षम हुने बताए । कार्यक्रम नेपाल शितोरियो शिकोकाई कराते संघका अध्यक्ष शुष्मा गुरुङको अध्यक्षतामा भएको थियो ।

हिमालय फाउन्डेसनका संस्थापक अध्यक्ष यज्ञलाल श्रेष्ठले शिन्धुपाल्चोक मेलम्चीस्थित बाल सुधार माबीलाई करिब २५ लाख र ज्योती भञ्ज्याङ

आधारभूत माबीलाई करिब ५० लाख ति विद्यालयको शैक्षिक उन्नतीका लागि सहयोग गरिसकेका छन् ।

कमेन्टहरु
Loading...