भ्रष्ट्राचारले सरकार धरासायी – कमल थापा

सागर राज तिमिल्सिना
पोखरा, २८ भदौ/राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारमा धमिरा लागि सकेका कारण सरकार धरासायी हुन सक्ने बताएका छन् । भ्रष्ट्राचारका कारण सरकार सबै क्षेत्र कम्जोर भएका कारण जुन सुकै बेला पनि सरकार धरासाही हुन सकने बताए । सरकारका मन्त्रीहरु र सरकारमा रहेका दलहरु नै भष्ट्रचारमा डुबेका कारण ठुला दलहरुको विश्वसनियाता घट्दै गएको बताए ।

उनले नेपाल आयल निगम जग्गा खरिदमा निगमका महाप्रबन्ध मात्रै नभएर मन्त्री देखि ठुला दलका नेता सम्म संलग्न रहेको आरोप लगाए । राष्ट्रिय प्रजातन्त्र पार्टीको पश्चिमाञ्चल भेलालाई पोखरामा सम्बोधन गर्दै थापाले आयल निगमको भ्रष्ट्राचरा दिनुहु संचार माध्येममा आउदा पनि सरकार कानमा तेल हालेर बसेको बताए ।

उनले निर्वाचन आयोग सत्तामा रहेका दलहरुको लाचार छायाँ बनेको उनको आरोप थियो । ‘निर्वाचन आयोग दिनँहु विज्ञप्ती मार्फत आचार सहित मिचियो भन्छ,’ उनले भने ‘तर आचार सहित मिच्नेमा सबै भन्दा पहिले मन्त्रीहरु छन् ।’ उनले भने निर्वाचन आयोगलाई कसैले नटेरेको बताए ।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई फुटाउन देशी विदेशी तत्व लागेको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रबादी पार्टी ठुलो हुने डरले फुटाएको बताए । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन हानुमा अन्य दलहरुले जस्तै खर्च गर्न नक्नु, पार्टीबाट सम्बैधानीक राजतन्त्र हटाउनु, हिन्दु राज्य हटाउनु लगाएतका कारणले स्थानीय निर्वाचमा ठुलो परिणाम पराजीत हुन पुगेको बताए ।

कमेन्टहरु
Loading...