सिआई एस पत्रकारिता पुरस्कारबाट कमल पौडेल अथक पुरस्कृत

पोखरा, ४ भदौ /सामुदायिक सूचना समाज कास्कीद्धारा स्थापित खोज अनुसन्धान मूलक सिआईएस पत्रकारिता पुरस्कारबाट पोखराका पत्रकार कमल पौडेल अथक पुरस्कृत भएका छन् ।  पोखरामा रहेर विगत डेढ दशकदेखि रेडियो, पत्रिका र अनलाईन मार्फत खोज समाचार प्रकाशन र प्रशारण गर्न पत्रकार अथक सफल रहेको भन्दै संस्थाले यो पुरस्कार प्रदान गरेको हो ।

उक्त कार्यक्रममा कास्कीका उपजिल्ला शिक्षा अधिकारी दिपेन्द्र ढकाल र युवा ईन्जिनियर बिनोद गिरीलाई पुरस्कार सहित सम्मान गरेको हो । वर्षेनी प्रदान गरिने सिआईएस पत्रकारीता पुरस्कार यसवर्ष पत्रकार अथक, सिआईएस इन्फरमेसन अवार्ड उप जिल्ला शिक्षा अधिकारी ढकाल र सिआईएस आईटी अवार्ड इन्जिनियर गिरीलाई प्रदान गरिएको हो ।

राष्ट्रिय सुचना आयोगका प्रमुख सुचना आयुक्त कृष्णहरी बाँस्कोटा, क्षेत्रिय प्रशासक लक्ष्मण अर्याल, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, सुरक्षा निकायका क्षेत्रिय प्रमुख, सामुदायीक सुचना समाज पोखराका अध्यक्ष दिपक शर्मा लगायतले पुरस्कार एंव सम्मान प्रदान गर्नुभएको हो ।

सो पुरस्कारको राशी नगद ११ हजार १ सय ११ सहित सम्मान पत्र र दोसल्ला रहेको छ । पत्रकार अथकलाई पुरस्कृत गर्दै राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि वास्कोटाले समाजमा रहेको भ्रष्टाचार निर्मुल पार्न खोज पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने वताए । उनले नेपालमा स्थानीय तहदेखि केन्द्रसम्म भ्रष्टाचारले जरो गाडेको वताउँदै यसलाई अन्त्य गरी सुशासन कायम गर्न पनि पत्रकारहरु चनाखो रहनु पर्ने वताए ।

प्रतिभा छनौट समितिका संयोजक राजवहादुर गुरुङले कमल पौडेल अथक पोखराका निडर र निर्भिक पत्रकार भएको वताए । त्यही विशेषताको कारण उनले पोखराका थुप्रै पत्रकारको वीचवाट अथकलाई समितिले छनौट गरेको वताए । संस्थाका सचिव राजेन्द्र शर्माले पोखरामा वसेर खोज पत्रकारिता गर्ने एक जना पत्रकारलाई वर्सेनी सम्मान गर्ने संस्थाको योजना अनुसार यो वर्ष उत्कृष्टमा पर्न सफल अथकलाई वधाई ज्ञापन गरे ।

सम्मानित पत्रकार कमल पौडेल अथकले भ्रष्टाचारको विषयमा समाचार संकलन गर्दा आफै जागिरवाट वर्खास्त हुनु परेको घटना सुनाए । हाल पोखराको सामुदायिक रेडियो सराङकोटका समाचार प्रमुख तथा हिमदूत दैनिक लगायतका केही अनलाईनमा कार्यरत अथक साहित्यीक व्यक्तिव्व पनि हुन् । उनका गीत गजल, खण्डकाव्य, हाइकू र उपन्यास गरी १६ वटा साहित्यीक कृति प्रकाशित छन् । २०५६ सालदेखि आवरण दैमासिक पत्रिका मार्फत पत्रकारिता यात्रा सुरु गरेका अथक पोखराको हिमचुली एमफए, माछापुच्छ्रे« एफ एम, हटलाइन दैनिक, सञ्चार दर्पण साप्ताहिक,आरसी टाइम्स साप्ताहिक, जनप्रहार साप्ताहिक, टाइम्स अफ काठमाण्डौ साप्ताहिक, लोकतन्त्र साप्ताहिक, जनपुकार साप्ताहिक, कर्णधार मासिक, छुस्के डट कम र रातोपाटी अनलाइनमा समेत काम गरिसकेका छन् । व्यवस्थापन र समाजशास्त्र विषयमा स्नातकोत्तर रहेका अथक नेपाल पत्रकार महासंघ कास्की शाखाको सदस्य पनि हुन् ।

यसअघि उनी अर्गानिक कृषि पत्रकारिता पुरस्कार, आरसी कृषि पत्रकारिता पुरस्कार, गजल प्रतिभा पुरस्कार, पुष्प प्रर्वधन उत्कृष्ट रेडियो पत्रकारिता सम्मान, र सामुदायिक रेडियो सराङकोटको उत्कृष्ट समाचार वाचक र दर्जनौ संघ संस्थाद्धारा सम्मानित भएका छन् । कार्यक्रममा सुचना आयुक्त कृष्णहरि बाँस्कोटाले सहि सुचना उपयुक्त समयमा दिएर नागरीकहरुलाई विधिको शासन र शुसासनको प्रत्याभुति दिलाउन सम्पुर्ण सरकारी तथा सार्वजनिक निकायलाई आग्रह गर्नुभयो । सुचना दिने कार्यमा विलम्व गर्न नहुने उल्लेख गर्दै उहाँले सुचना पाउने नागरीको अधिकारलाई संवैधानिक रुपमा मौलिक हकका रुपमा सुरक्षित गरिएको जानकारी दिनुभयो ।

नेपाल उद्योग वाणीज्य महासंघका पुर्वअध्यक्ष एंव ट्रान्स्परेन्सी इन्टरनेश्नल नेपालका सदस्य आनन्दराज मुल्मीले सुचनाको विश्वस्नियता व्यक्तिको नियतमा भर पर्ने बताउनुभयो । सकारात्मक नियतले दिएका सुचनाले मात्रै समाजिक हितको पक्षमा काम गर्ने उहाँले उल्लेख र्गाुभयो । दशौँ सुचना दिवस्को अवसरमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता सुचना समाजका अध्यक्ष दिपक शर्माले गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...