कास्कीमा दुई जनाको शव फेला

पोखरा, १४ पुस/कास्कीको अन्नपुर्ण गाउँपालिका र पोखरा महानगरपालिकामा एक एक जनाको शव फेला परेको छ ।

अन्नपुर्ण गाउँपालिका १० खुम्ब्रुङ स्थित मोदी खोलाको खोचको बिच भागमा हालसम्म नाम, थर, वतन र लिङ्ग नखुलेको शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।

त्यसै गरी पोखरा महानगरपालिका २० भलाम र दिप जोड्ने कालिखोलाको झलुङ्गे पुल नजिक एक महिलाको शव फेला परेको छ । स्याङ्जा फेदीखोला घर भएकी वर्ष ३५ की विष्णु कार्की जिसी करिब एक सय मिटर तल खेतमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

दुबै घटनाको बारेमा प्रहरीले अनुसन्धान अगाडी बढाएको जनाएको छ ।

कमेन्टहरु
Loading...