पोखरामा कार्यरत ४ उत्कृष्ट, अनुसन्धान तर्फको उत्कृष्ट उपाधि सुवेदीलाई

पोखरा, २६ असोज / गण्डकी प्रदेश प्रहरी कार्यालयले ६३ औं प्रहरी दिवस पोखरामा भब्यताका साथ मनाएको छ । दिवसको अवसरमा

उत्कृष्ट काम गर्ने विभिन्न विधाका प्रहरी कर्मचारीलाई सम्मान गरिएको हो । अधिकांश सम्मान पोखरा र त्यो पनि कास्की जिल्लामा

कार्यरत प्रहरीले जितेका छन् ।

सन्तोष सुवेदी
सन्तोष सुवेदी

उत्कृष्ट अपराध अनुसन्धान गरेवापत जिल्ला प्रहरी कार्यालय कास्कीका सहायक निरिक्षक सन्तोष सुवेदी सम्मानित भएका छन् । उनले

पछिल्ला समय भएका अधिकांश आपराधिक घटनाको गहन अनुसन्धान गरि अपराधी पक्राउ गरेका छन् । यस्तै उत्कृष्ट ट्राफिक प्रहरीमा

कास्की ट्राफिक कार्यालयका प्रहरी निरिक्षक ऐनबहादुर मल्ल सम्मानित भए भने उत्कृष्ट कार्यालय ब्यबस्थापन तथा अन्य ब्यवस्थापनमा

वडा प्रहरी कार्यालय वैदामका प्रमुख प्रहरी नायब उपरीक्षक नविन कार्की सम्मानित भएका छन् । उत्कृष्ट प्रहरी कार्यमा गण्डकी प्रदेश प्रहरी

कार्यालयका प्रहरी नायव उपरिक्षक गोविन्द पुरी तथा उत्कृष्ट जिल्ला प्रहरी प्रमुखमा कास्की प्रहरीका प्रमुख ओम राना सम्मानित भए ।

उत्कृष्ट साहसिक कार्य तर्फ सशस्त्र प्रहरी गण मुख्यालय पोखराका प्रहरी जवान ओम बहादुर सोमै, उत्कृष्ट साहसिक कार्य (प्राकृतिक प्रकोप

उद्दार तर्फ) जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब निरीक्षक हीरा थापा मगर र उत्कृष्ट कार्यालय व्यवस्थापन तथा अनुसन्धान तर्फ

वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाका प्रहरी निरीक्षक शंकर प्रसाद आचार्य सम्मानित भए ।

उनीहरु सबैजनालाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमाणपत्र र नगद रकम सहित सम्मान गरेका हुन् । सम्मानपछि उनले अपराध

न्यूनिकरणमा प्रहरीको मेहिनत अझै आवश्यक भएको बताए ।

कमेन्टहरु
Loading...