कास्की प्रहरीले एक रातमै ७८ मापासेमा पक्राउ

पोखरा, ४ भाद्र /कास्की प्रहरीले बिषेश सुरक्षा जाँच योजना अन्तर्गत एकै रातमा ७८ पक्राउ गरेको छ ।

शुक्रबार राती जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको विभिन्न ठाउँमा गरिएको सुरक्षा जाँचमा मापासे चेकिङमा ७८ जनालाई पक्राउ गरेको छ । मादक पदार्थ सेबन गरी सबारी साधन चलाउने ७६ मोटर साइकल २ वटा कारलाई पक्राउ गरि सवारी चालकलाई कार्वाही गरेको छ ।

चालकलाई प्रहरी कार्यालयमा ट्राफिक सचेतना कक्षा र बह्रमकुमारी ईश्बरी महाविद्यालय नयाँबजारबाट ब्रम्हाकुमारीले २ घण्टाको प्रशिक्षण दिएका छन् । सबारी चालकहरुलाई ट्राफिक नियमानुसार कार्बाही गरेका प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...