कास्की जिल्ला लन टेनिसको अध्यक्षमा विनोद कायस्थ

पोखरा, ८ फागुन/कास्की जिल्ला लन टेनिस संघको वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले विनोद कायस्थका अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

कास्की जिल्ला लन टेनिसको अध्यक्षमा विनोद कायस्थ
कास्की जिल्ला लन टेनिसको अध्यक्षमा विनोद कायस्थ

तीन वर्षे कार्यकालका लागि प्रथम उपाध्यक्षमा दोर्जे लामा, द्धितिय उपाध्यक्षमा नारायण पहारी, कोषाध्यक्षमा राजु गुरुङ र सचिबमा लोक गुरुङ चयन भएका छन् ।

त्यसै गरि सदस्यहरुमा ऋतु गुरुङ, प्रिती बराल, हरी सिग्देल, नविन चालिसे, अनुज बास्तोला, अनिल तुलाचन, प्रकास उदास, विकास गुरुङ, राजु श्रेष्ठ र राज कुमार घिमिरे चयन भएका छन् । त्यसै समितिले सल्लाहाकार समिति चयन गरेको छ । सल्लाहाकारमा समिर शेरचन, रोशन केसी, बसन्त प्रधान, बिमल बस्याल र जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष पदेन सदस्य रहेका छन् ।

अधिबेसनको उद्घाटन गर्दै शिक्षाविद् जर्जजोनले टेनिसका लागि भौतिक पुर्वाधार निमार्णलाई पहिलो प्रथामिकता दिनु पर्ने बताए । उनले बनेका संरचनाहरुलाई संरक्षण र प्रयोग गर्दै गएमा टेनिस खेलको विकास हुने बताए । कार्यक्रममा नेपाल लन टेनिस संघका उपाध्यक्ष केशवराज पाण्डे, राष्ट्रिय खेलकुद परिषद्का सदस्य फत्तबहादुर गुरुङ, जिल्ला खेलकुद विकास समिति कास्कीका उपाध्यक्ष सुनिल गुरुङ लगायतले नयाँ कायसमितिले टेनिस खेलको विकासमा अझ बढि लाग्ने बताए ।

कमेन्टहरु
Loading...