बाटो सरर रररर भए पछि काहूँडाँडामा पर्यटक हररर (फोटो फिचर)

सागर राज तिमिल्सिना/ तस्बिरहरु पुर्ण न्यौपाने

पोखरा ११ काहुँडाडाँबाट सूर्योदय र सूर्य अस्ताएको दृश्य हेर्ने योजना बाटोकै कारण पुरा नभएको सुन्नमा आई रहन्थ्यो । करिब १ बर्ष पहिले मात्र काहूँ डाँडा जाने बाटो चक्ल्याएर पिच गरिएको छ । बाटो बनी सकेपछि सूर्योदय, सूर्य अस्त, हिमाल र पोखराको दृश्य हेर्नेको संख्या ह्वात्तै बढेको छन्  ।

‘अहिले एकदमै सजिलो भएको छ,’ परिवार सँगै सूर्योदय हेर्न बुधबार काहूँ डाँडा पुगेका जलेश्वर पौडेलले भने, ‘आउँने मन भए पनि पहिले त बाटो सम्झेर पनि आउँदैन थियौ ।’ बाटो बनेपछि पर्यटकको आगमनमा बृद्धि भएको टिकट व्यवस्थापक विजय क्षेत्री बताउँछन् । ‘पहिले बिदाको दिनमा ५० पुग्न पनि गाह्रो हुन्थ्यो,’ उनले भने, ‘बाटो बनि सकेपछि दिनकै २ सय बढि पर्यटक आउँछन् ।’

पोखराको काहूँडाँडाबाट तस्बिरः पुर्ण न्यौपाने
पोखराको काहूँडाँडाबाट तस्बिरः पुर्ण न्यौपाने

पोखराको एउटा विशेषता छ । जताबाट हेरे पनि हिमाल देखिने । अन्नपुर्ण हिमश्रृखला र कुमारी माछापुच्छे् आँखामै टाँसिन आइपुग्ने । धौलागिरीदेखि लमजुङ हिमाल पोखराबाटै देख्न सकिन्छ । तिनै दृश्य हेर्न पोखराको सराङकोट, कास्कीकोट, पुम्दीभुम्दी लगातका डाडाँमा पर्यटकको लर्को लाग्ने गर्दछ ।

बिहान सुर्योदयको दृश्य, बेलुका सुर्यअस्तको दृश्य, पोखरा बजार, हिमश्रृखला हेर्न डाडाँ उक्लिनु पर्ने हुन्छ । अन्य डाडाँमा पर्यटक उक्लिए पनि उत्कै सम्भावना भएको पोखरा ११ काहुँ डाडाँमा भने पर्यटक जान सकेका छन् ।

पोखराको काहूँडाँडाबाट तस्बिरः पुर्ण न्यौपाने
पोखराको काहूँडाँडाबाट तस्बिरः पुर्ण न्यौपाने

समुन्द्री सतहबाट १ हजार ४ सय ४३ मिटर (१,४४३ मिटर) मा छ काहुँ । पोखरा बजारबाट उत्तरपूर्वी दिशामा छ । पोखराको मध्येभागबाट १० किलोमिटर दुरीमा काहुँ डाडाँ पुग्न सकिन्छ । त्यहाँबाट हिमालका साथै सूर्योदय र सूर्यास्तको दृश्य, पोखरा बजार र सिजनमा लालिगुरासँ देखिन्छ । डाँडाको टुप्पामा करिब १० मिटर अग्लो (९.८५ मिटर अग्लो) धरहरा छ । धरहराबाट पोखरा उपत्यका, भलाम गाउँ, लेखनाथ र नागबेली डाँडा पनि देखिन्छ ।

पोखराको काहूँडाँडाबाट तस्बिरः पुर्ण न्यौपाने
पोखराको काहूँडाँडाबाट तस्बिरः पुर्ण न्यौपाने

काहुँमा २०२६ सालमा वीरसिंह गुरुङको सक्रियातामा धरहरा निर्माण भएको थियो । २०७१ साल देखी समितिले धरहराको प्रवेश शुल्क लिदै आएको छ । काहुँ डाडाँमा नै बुद्ध मण्डला तथा यसोधरा पार्क निमार्ण योजना अगाडी बढेको छ । व्यवस्थीत होटल र रेष्टुरेण्टहरु बनेका छैनन् । वनभोज खानेहरु काहुँ जाने गर्दछन् ।

https://www.facebook.com/watch/?v=271650190142157

https://www.facebook.com/watch/?v=1102410513269304

कमेन्टहरु
Loading...