काहुँ धरहरा महोत्सव मंसिर अन्तिम साता

पोखरा, १९ मंसिर/ पोखराको काहुँमा रहेको धरहरा र काहुँ डाडाँको प्रचार प्रसार गर्ने उद्देश्यले मंसिर अन्तिम साता काहुँ धरहरा महोत्सव हुने भएको छ । १० पछि काहुँ धरहरा तेस्रो संस्करण हुन लागेको हो ।

काँहु धरहरा महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास आयोगकको रहको छ । जनकल्याण क्लबको आयोजना तथा फुलबारी क्लबको सह आयोजनामा मंसिर २८ गतेदेखि पुस ८ गते सम्म संचालन हुनेछ ।

२०६२ सालमा पहिलो पटक र २०६५ सालमा दोस्रो महोत्सव आयोजना भएको थियो । एक दशक पछि फेरी स्थानीय क्लबहरुको सक्रियतामा तेस्रो पटक महोत्सवको तयारी गरिएको हो ।

पोखराको दृष्यावोलकनको लागि उपयुक्त मानिएपनि ओझेलमा पर्दै आएको काँहुलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित महोत्सवको आयोजना गरिएको प्रचारप्रसार संयोजक दामोदर आचार्यले बताए । महोत्सवमा पर्वतीय दौड, साईक्लिङ लगायत साहसिक खेलकुद गतिविधि सञ्चालन गरिने उनको भनाई छ ।

राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिता, खुल्ला भजन चुड्का प्रतियोगिता, रत्यौली गीत प्रतियोगिता, नृत्य प्रतियोगिता, कविता प्रतियोगिता र चित्रकला प्रतियोगिता आयोजना गरिने उनले जनाए । लाईभ म्युजिक कन्सर्ट, व्यापार मेला समेत आयोजना गरिने छ । स्थानीय सस्कृति तथा कलाको प्रदर्शनी, स्थानीय कृषि उपजको प्रदर्शनी, बिक्री तथा प्रचारप्रसार गरिने छ ।

महोत्सव स्थलमा ८० वटा स्टल राखिने उनले जानकारी दिए । स्टलमा दैनिक उपभोग्य सामान, फुड फेष्टिबल, हस्तकलाका सामानहरु राखिने क्लबले जनाएको छ । दश दिने महोत्सवमा ८० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अनुमान छ । काँहु धरहरासम्म पुग्न अहिले मोटरबाटो नै निर्माण गरिएको छ ।

काहुँ समुन्द्री सतहबाट १४६० मिटरको उचाईमा छ । धरहराबाट पोखराको बजार मात्रै नभई उत्तरी हिमाली दृष्य आँखै अगाडि र विहानीको सुर्योदय हेर्न पनि प्रख्यात छ । २०२६ सालमा काँहु धरहरा निर्माण गरिएको हो ।

तत्कालिन समयमा अञ्चलाधिस नन्दबहादुर मल्ल र सामाजिक अभियान्ताको रुपमा परिचित स्व. मेजर बीरसिंह गुरुङको सक्रियतामा धरहरा निर्माण गरिएको थियो । धरहरा भन्दा केही पर काहुँकोट देउराली मन्दिर छ । काँहु तत्कालिन गाविसको रुपमा रहेपनि अहिले महानगरपालिका वडा नं ११ मा समाहित भएको छ । वडामा २२ सय घर धुरी छन् ।

तेस्रो काहूँ धरहरा महोत्सव मंसिर २८ देखी पुस ८ गते सम्म
तेस्रो काहूँ धरहरा महोत्सव मंसिर २८ देखी पुस ८ गते सम्म

पोखराको काहुँडाडाँमा पर्यटन विकास, काहुँ धरहरा

पोखराको काहुँडाडाँमा पर्यटन विकास, काहुँ धरहरा

Posted by Ganthan.com on Saturday, September 29, 2018

काहुँ डाडाँबाट पोखरा हेर्दा

काहुँ डाडाँबाट पोखरा हेर्दा

Posted by Ganthan.com on Thursday, September 27, 2018

कमेन्टहरु
Loading...