पोखरमा जुवा तास खेल्दै गरेका चार जना पक्राउ

पोखरा, १६ असोज / पोखरा महानगरपालिका ३१ लामास्वाँरा स्थित कमल बुढाथोकीको घरमा जुवातास खेलिरहेका चार जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलिले पोखरा महानगरपालिका ३१ लामास्वाँराका २६ बर्षिय सुमन रानामगर, ३१ बर्षिय विकास नेपाली, २४ बर्षिय संगम रानामगर र ४६ बर्षिय कोहरी थापामगरलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ४१ हजार ५ सय ३५ र ४ बुक तास सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...