पोखराको छिनेडाँडाबाट जुवा तास खेल्दै गरेका ६ जना पक्राउ

पोखरा, १७ असोज /पोखरा लेखनाथ महानगरपालीका वडा नं१४ छिन्नेडाडा शान्तिटोलबाट ६ जना तास खेल्दै गरेको बेलामा पक्राउ परेका छन् ।

बिष्णु माया तामाङको घरमा जुवा तास खेलीरहेको छ भन्ने गोप्य सुचनाको आधारमा बडा प्रहरी कार्यालय रामबजारको टोलीले ६ जनालाई पक्राउ गरेको हो । प्रहरीले नगद ३४ हजार ३ सय ४८, ४ बुक तास र ६ जना मानिसलाई पक्राउ गरी थप अनुसन्धान गरीरहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा पोखरा १४ छिन्नेडाडाकी घर बेटी बिष्णु माया तामाङ, मनोज लामा, बुद्धिमान तामाङ, हरि देब शर्मा, राज कुमार गुरुङ, अरबिन गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...