पोखरामा पत्रकारहरु साधारण सभा तथा विधान अधिबेसन शुरु

पोखरा, ९ फागुन/ नेपाल पत्रकार महासंघको साधारण सभा तथा विधान अधिवेसनको बिहीबार देखी पोखरामा शुरु भएको छ । सभाको सभामुख कृष्णबहादुर महराले उद्घाटन गरे । सभामा भाग लिन देशभरबाट पत्रकार पोखरामा आएका छन् ।

नेपाल पत्रकार महासंघ केन्द्रको आयोजना, संघ कास्कीको व्यबस्थापनमा शुक्रबार सम्म सञ्चालन हुने विधान अधिबेनले नेपाल पत्रकार महासंघको निर्वाचन प्रणालीलाई परिर्वतन गर्ने बताएको छ । सभालाई पर्यटन तथा नागरीक उड्यनमन्त्री रविन्द्र अधिकारी, सुचना तथा संचारमन्त्री गोकुल बास्कोटा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, विभिन्न पार्टीका प्रवक्ताहरु, पत्रकारका विभिन्न सगठनका प्रतिनिधिहरुले शुभकामाना दिएका थिए ।

पत्रकारका नेताहरुले श्रमजिवी ऐन कान्वयन गराउनु पर्ने, साना सञ्चार माध्यमलाई संरक्षण निती ल्याउने पर्ने लगाएका माग राखेका थिए । कार्यक्रममा पुस्तक विमोचन, पत्रकारीता क्षेत्रमा योग्दान दिएका पत्रकारहरुलाई सम्मान लागएतका कार्यक्रम भएका थिए ।

देश भरका ७७ वटै जिल्लाबाट १ हजार ४ सय पत्रकार पोखरामा सहभागि हुने छन् । कार्यक्रम सफल उद्घाट कार्यक्रम अगाडी विभिनन जनजातिका झाँकी सहित प्रभातफेरी गरिने गरिएको थियो ।सोही अवसरमा गण्डकी प्रदेश सरकारको आन्तरिक पर्यटन बर्ष २०१९ घोषणा गरेका छ ।

कमेन्टहरु
Loading...