पोखरामा करोडौ ठगेर एक महिला फरार

पोखरा, १७ चैत /पोखरामा एक महिलाले करोडौ ठगि गरेर टाप केसेकी छन् ।

पोखरा गणेश टोलकी जसुधा पौडेलले स्थानीय र सहकारीको समेत गरेर करिब १० करोड रुपैया ठगेर सम्पर्क बिहिन भएकी हुन् ।

उनले व्यक्ति र सहकारी सगँ तत्काल पैसा चाहियो भन्दै रकम लिएर टापकेसेकी हुन् ।
विगत साढे २ बर्ष देखि आफन्त सहितका साथीहरुसंग १० लाखदेखि २ करोडभन्दा बढी रकम लिएको पिडितहरुले बताएका छन् ।

जसुधा पौडेल र उनका श्रीमान् सुरेन्द्रमणी पौडेलले तीन महिना अघि नै सम्बन्ध विच्छेद गरेको बताएका छन् । तेज जेनिया कम्पनीको समेत करिब एक करोड २० लाख रुपैयाँ हिनामिना भएको बताईएको छ ।

कम्पनीको बिजनेस पार्टनर समेत भएकी पौडेलले अन्य संचालकहरुसंग विभिन्न बाहानामा रकम संकलन गरेको अन्य सञ्चालकले बताए ।

उनले पोखराका विभिन्न सहकारीबाट ५ करोड भन्दा धेरै लिएको, ढुकुटीमार्फत ३ करोड र अन्य सापटी २ करोड भन्दा बढी हिनामिना गरेको पिडितहरु बताउ छन् ।

धेरैतिर लगानी गरेर प्रतिफल नआएपछि उनी बेपत्ता भएको हुनसक्ने बताईएको छ । चौतर्फी गुनासो आएपनि उनी विरुद्ध कसैले प्रहरीमा उजुरी गरेको छैन ।

तर जसुधा पौडेलले नै प्रहरीमा आफ्नो ज्यानको सुरक्षा माग्दै उजुरी दिएको जानकारी प्राप्त भएको छ । उनले आफ्नो सम्पतीबाट सबैको पैसा तिर्ने बताएको स्रोतको भनाई छ ।

कमेन्टहरु
Loading...