भट्टराई दाजुभाइले ल्याए पोखरामा जस्मिन थाई–चाई

पोखरा, १० मंसिर / पोखरामा एउटै रेष्टुरेण्टमा बसेर थाइल्याण्ड र चाइनाको खानाको स्वाद लिन पाइने भएको छ । पर्यटन क्षेत्रमा लामो अनुभव संगालेका अग्रज पर्यटन व्यवसायि गणेशबहादुर भट्टराई र राजु भट्टराईले ३ करोडको लागतमा लेकसाइडको बाराही चोकमा जस्मिन थाई–चाई रेष्टुरेण्ट शुरु गरेका हुन् ।

पोखरा अन्तर्राष्ट्रिय पर्यटकिय शहर बन्दै गएको हुँदा यहाँ आउने पर्यटकहरुलाई फरक स्वाद पस्किन जस्मिन थाई–चाई रेष्टुरेण्ट शुरु गरिएको सञ्चालक गणेशबहादुर भट्टराईले बताए । थाइल्याण्ड र चाइनाको खाना एकै ठाउँमा पाइने भएकाले पनि पोखरामा यो रेष्टुरेण्ट नौलो हुने उनको भनाई छ ।

थाइल्याण्ड र चाइनाको खाना ति देशका नागरिकले मात्र नभई युरोपियनहरुले पनि रुचाउने उनले बताए । पछिल्लो समय नेपालीहरुले पनि यि स्वादका खाना खोजिरहेको भट्टराइले बुझेका छन् ।

रेष्टुरेण्टमा थाइल्याण्ड र चाइनाको समिश्रण फरक फरक तरिकाले प्रस्तुत गरिएको छ । रेष्टुरेण्ट छिर्ने ग्राकहलाई आफु थाइल्याण्ड वा चाइनातिरै पुगेको झल्को दिन त्यहाँका नक्सा तथा पर्यटकिय क्षेत्रहरु झल्कने गरि विभिन्न तस्विरहरुले रेष्टुरेण्ट सजिएका छन् ।

संगितले पनि वातावरण उतैको जस्तो पार्नेछ । डायनिङ्गमा बसेर खान चाहनेलाई त्यहि अनुसारको सजावट गरिएको छ । रेष्टुरेण्ट भित्रैबाट फेवातालको दृष्यमा रम्न चाहनेले त्यसै प्रकारको वातावरण पाउने छन् ।

हरेक हप्ता हुने लाइभ ब्याण्ड प्रस्तुतीले थप रौनक ल्याउने छ । अनौपचारिक शुरुवात गरिएको रेष्टुरेण्ट केहिदिनमै औपचारिक शुरुवात गरिने भट्टराईले बताए ।

जस्मिन थाई–चाई
जस्मिन थाई–चाई
कमेन्टहरु
Loading...